पूर्वराजाको पक्षमा देशभर प्रदर्शन
जनआन्दोलनको झल्को दिने गरी गत ४ मंसिरमा राजावादीले धनगढीमा मोटरसाइकल ¥याली गरे । सुदूरपश्चिम स्वतन्त्र देशभक्त नागरिक समाजको आवरणमा ¥यालीको आह्वान गरिएको भए पनि भित्री रूपमा सम्पूर्ण व्यवस्थापन हिन्दू राष्ट्र र राजतन्त्रको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गरेको थियो । ¥यालीमा राजावादी मात्र होइन, सत्तारुढ नेकपा र प्रतिपक्षी कांग्रेस समर्थक पनि देखिन्थे ।
आयोजकले त नेकपा र कांग्रेसका समर्थक मात्र होइन, कार्यकर्तासमेत ¥यालीमा सहभागी भएको दाबी गरेको छ । ‘सोचेभन्दा बढीको सहभागिता रह्यो, हामीले आह्वान मात्र गरेका हौँ, जनता स्वतस्फुर्त रूपमा सडकमा आए । अरू पार्टीका कार्यकर्ता पनि सहभागी भए,’ आयोजक समाजका संयोजक रविन्द्र कार्कीले भने ।
धनगढी–अत्तरिया–धनगढीसम्म गरिएको ¥यालीमा सात हजारभन्दा बढीले सहभागिता जनाएको कार्कीको दाबी छ । यो सहभागिताले अहिलेको व्यवस्था फेल भएको पुष्टि गरेको उनको भनाइ छ । ‘लोकतान्त्रिक व्यवस्था फेल भएको र जनतामा व्यवस्थाप्रति नै वितृष्णा बढेको पुष्टि ¥यालीले गरेको छ,’ कार्कीले भने । प्रहरीको रिपोर्ट भने ¥यालीमा दुई हजारदेखि २२ सयसम्मको सहभागिता रहेको छ । जिल्ला प्रहरी प्रमुख एसपी अनुपशमशेर जबराले ¥यालीको पूर्वजानकारी दिइएको बताए ।
¥यालीको तयारीमा राप्रपाका केन्द्रीय सदस्यहरू छत्र शाही, ललित नेगीसहित स्थानीय नेता–कार्यकर्ता जुटेका थिए । संंयोजक कार्की आफैँ पनि राप्रपानिकट युवा मोर्चाका प्रदेश अध्यक्ष हुन् । तर, स्वतन्त्र नागरिक र अरू पार्टीमा आबद्धहरूलाई सहभागी हुन सहज होस् भनेर पार्टीको झण्डा नबोकेको केन्द्रीय सदस्य शाहीले बताए । ‘स्वतन्त्र आयोजना देखाएर हामी ‘ब्याक ग्राउन्ड’मा बसेर खटियौँ,’ ¥यालीका लागि प्रचारप्रसारको संयोजन गरेका शाहीले भने, ‘अन्य पार्टीका साथीहरूले तपाईंको पार्टीको झण्डा प्रयोग नहुने भए हामी पनि जान्छौँ भन्नुभएको थियो ।’
सरकार र राजनीतिक दलका गतिविधिप्रतिको वितृष्णाका कारण पनि जनसहभागिता सोचेभन्दा बढी भएको शाहीले बताए । ‘दलहरूले गरेको गैरजिम्मेवार क्रियाकलाप र भ्रष्टाचारप्रतिको असन्तुष्टि हो यो । त्यही भएर अरू पार्टीका समर्थक पनि ¥यालीमा आए,’ शाहीले भने, ‘भ्रष्टाचार अनियन्त्रित भयो, देशमा सयौँ राजाभन्दा एउटा राजा ठीक छ भन्ने मनस्थितिमा जनता पुग्न थालेका छन् ।’
नयाँ पत्रिकाबाट ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते





प्रतिक्रिया