वाग्मती प्रदेश सरकारले क्यान्सर रोगीलाई ५० हजार उपलब्ध गराउने
नुवाकोट । वाग्मती प्रदेश सरकारले क्यान्सर रोग पीडितका लागि उपचारका लागि जनही ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।
प्रदेश मन्त्रिपरिषद्को बुधबारको बैठकले चालु आर्थिक वर्ष २०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रम अनुसार क्यान्सर रोग पीडितको उपचारमा ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । ‘प्रदेशभित्रका स्थायीवासीलाई हामीले उपचारमा सहयोग गर्नेछौं । हामीले आवश्यक कार्यविधि निर्माण गरिसकेका छौं’, प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले भने । क्यान्सर रोग पीडितका लागि संघीय सरकारले समेत एक लाख रुपैयाँ उपचारका लागि उपलब्ध गराउँदै आइरहेको छ ।
मन्त्रिपरिषद् बैठकले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आर्थिक प्रशासनिक अधिकार प्रदान गर्ने निर्णय गरेको छ । ‘प्रदेश गौरवको आयोजनाको रुपमा रहेको स्वास्थ्य विज्ञान प्रतिष्ठानको आर्थिक तथा प्रशासनिक नियमावली बैठकले पास गरेको छ । अब प्रतिष्ठान आफ्नो उद्देश्य अनुसार सञ्चालन हुनेछ ।’ ढुङ्गेलले प्रष्तिठानको केन्द्रीय कार्यालय हेटौंडामा रहने र आगामी शैक्षिक सत्रबाट प्रतिष्ठानले पठनपाठन सुरु गर्ने बताए ।
बैठकले प्रदेश यातायात सञ्चालन बोर्ड गठन गर्ने निर्णय गरेको छ । विशेषगरी प्रदेशभित्र सञ्चालन हुने विद्युतीय सवारीलाई व्यवस्थित गर्ने उद्देश्यले यातायात बोर्ड गठन गर्ने तयारी गरिएको उनले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन
धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण





प्रतिक्रिया