Logo
गृहपृष्ठ
    • समाचार
    • आर्थिक
    • अन्तरास्ट्रिय
    • खेलकुद
    • राजनीतिक
    • नुवाकोट समाचार
    • मनोरञ्जन
      • विचार
    • स्वास्थ्य/जीवनशैली

वाग्मती प्रदेश सरकारले क्यान्सर रोगीलाई ५० हजार उपलब्ध गराउने

प्रकाशित मिती: ११ मंसिर २०७७, बिहीबार ०९:५७

नुवाकोट ।  वाग्मती प्रदेश सरकारले क्यान्सर रोग पीडितका लागि उपचारका लागि जनही ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।

Trishuli Web Design in Nepal Nuwakot
Acharya Engineering Consultancy & Business Training Centre Nuwakot
Pioneer Education Consultancy And Visa Service Pvt. Ltd.

प्रदेश मन्त्रिपरिषद्को बुधबारको बैठकले चालु आर्थिक वर्ष २०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रम अनुसार क्यान्सर रोग पीडितको उपचारमा ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । ‘प्रदेशभित्रका स्थायीवासीलाई हामीले उपचारमा सहयोग गर्नेछौं । हामीले आवश्यक कार्यविधि निर्माण गरिसकेका छौं’, प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले भने । क्यान्सर रोग पीडितका लागि संघीय सरकारले समेत एक लाख रुपैयाँ उपचारका लागि उपलब्ध गराउँदै आइरहेको छ ।

मन्त्रिपरिषद् बैठकले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आर्थिक प्रशासनिक अधिकार प्रदान गर्ने निर्णय गरेको छ । ‘प्रदेश गौरवको आयोजनाको रुपमा रहेको स्वास्थ्य विज्ञान प्रतिष्ठानको आर्थिक तथा प्रशासनिक नियमावली बैठकले पास गरेको छ । अब प्रतिष्ठान आफ्नो उद्देश्य अनुसार सञ्चालन हुनेछ ।’ ढुङ्गेलले प्रष्तिठानको केन्द्रीय कार्यालय हेटौंडामा रहने र आगामी शैक्षिक सत्रबाट प्रतिष्ठानले पठनपाठन सुरु गर्ने बताए ।

बैठकले प्रदेश यातायात सञ्चालन बोर्ड गठन गर्ने निर्णय गरेको छ । विशेषगरी प्रदेशभित्र सञ्चालन हुने विद्युतीय सवारीलाई व्यवस्थित गर्ने उद्देश्यले यातायात बोर्ड गठन गर्ने तयारी गरिएको उनले बताए ।

शेयर गर्नुहोस् >>

तपाइको प्रतिक्रिया

संबन्धित शीर्षकहरु

इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ बाँडफाँट शुक्रबार १० बजे
नुवाकोटमा कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु
नुवाकोटमा कोरोना संक्रमितको संख्या ११ सय २७ पुग्यो
नुवाकोटको बुद्धभूमी हाइड्रोपावर आईपिओ निष्काशन माग गर्दै धितोपत्र बोर्डमा
नुवाकोटमा आजदेखि कोरोना विरुद्धको खोप लगाइने
सानिमा बैंकको नाफा १ अर्ब ६ करोड
प्रभु बैंकको नाफा डेढ अर्ब
नुवाकोटमा प्रचण्ड-नेपाल समुहको महिला संघको भेला सकियो
kerung

ताजा अपडेट

इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ बाँडफाँट शुक्रबार १० बजे

नुवाकोट । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ बाँडफाँट शुक्रबार हुने भएको छ । बिक्री प्रबन्धक एनआइबीएल...

नुवाकोटमा कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु

नुवाकोट । नुवाकोटमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ । जिल्ल अस्पताल त्रिशुलीमा भएको...

  • नुवाकोटमा कोरोना संक्रमितको संख्या ११ सय २७ पुग्यो
  • नुवाकोटको बुद्धभूमी हाइड्रोपावर आईपिओ निष्काशन माग गर्दै धितोपत्र बोर्डमा
  • पीएम कप क्रिकेट : फाइनल पुग्न एपीएफ र पुलिस भिड्दै,एपीएफ ब्याटिङमा
  • कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ,नतिजा आउन अझै दुई साता लाग्ने
  • इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ बाँडफाँट शुक्रबार १० बजे
  • नुवाकोटमा कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु
  • नुवाकोटमा कोरोना संक्रमितको संख्या ११ सय २७ पुग्यो
  • नुवाकोटको बुद्धभूमी हाइड्रोपावर आईपिओ निष्काशन माग गर्दै धितोपत्र बोर्डमा
  • पीएम कप क्रिकेट : फाइनल पुग्न एपीएफ र पुलिस भिड्दै,एपीएफ ब्याटिङमा
प्रकाशक\सम्पादक : शालिकराम चालिसे     संवाददाता : नवराज चालिसे, संगिता लामिछाने     गेर्खु मिडिया प्रा.लि विदुर ११ नुवाकोट    
© Bidurkhabar.com 2018 | All rights reserved
Website By : ssec
फोन: ९८४९८२०९१६ ईमेल : [email protected]