Logo
गृहपृष्ठ
    • समाचार
    • आर्थिक
    • अन्तरास्ट्रिय
    • खेलकुद
    • राजनीतिक
    • नुवाकोट समाचार
    • मनोरञ्जन
      • विचार
    • स्वास्थ्य/जीवनशैली

बिरामी बोकेको भ्यान त्रिशूलीमा खस्यो, तीन जना बेपत्ता

प्रकाशित मिती: ११ मंसिर २०७७, बिहीबार ०९:५४

नुवाकोट ।  प्यूठानबाट बिरामी लिएर काठमाडौं जाँदै गरेको पिकअप भ्यान बिहीबार बिहान चितवनको इच्छाकामना गाउँपालिका–४ मा पर्ने पृथ्वीराजमार्गबाट तल त्रिशूली नदीमा खस्दा भ्यानमा रहेका चार जनामध्ये तीन जना बेपत्ता भएका छन् ।

Trishuli Web Design in Nepal Nuwakot
Acharya Engineering Consultancy & Business Training Centre Nuwakot
Pioneer Education Consultancy And Visa Service Pvt. Ltd.

एक जना पौडेर बाहिर आएका छन् । लु १ च ९७३१ नम्बरको भ्यान बिहान साढे पाँच बजे नाग्दी खोला नजिकबाट त्रिशूली नदीमा खसेको थियो । चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्य थापाका अनुसार भ्यानमा रहेकामध्ये प्यूठानका मुकुन्दबहादुर रोक्का नदीबाट पौडी खेलेर बाहिर आएका छन् । चालकसहित अन्य तीन जना बेपत्ता भएका छन् । बेपत्ता हुने चालकमा प्यूठान झिम्रुक गाउँपालिका–१ का २३ वर्षीय सूर्य केसी रहेका छन् । नदीबाट बाहिर निस्केका मुकुन्दकी ३३ वर्षीया जमुना र १५ वर्षीया छोरी जिनिसा पनि बेपत्ता छन् ।

जिनिसा बिरामी भएका कारण उपचारका लागि काठमाडौं जाँदै गर्दा उक्त दुर्घटना भएको हो । पौडेर बाहिर आएका मुकुन्दको अवस्था मध्यम छ । उनको भरतपुरमा रहेको पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको डीएसपी सूर्य थापाले जानकारी दिए । नदीमा खसेको पिकअप भ्यान पूरै डुबेको छ ।

बेपत्ताको खोजी गर्न प्रहरी र सशस्त्र प्रहरी जुटेको डीएसपी थापाले बताए ।

शेयर गर्नुहोस् >>

तपाइको प्रतिक्रिया

संबन्धित शीर्षकहरु

नुवाकोटमा कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु
नुवाकोटमा कोरोना संक्रमितको संख्या ११ सय २७ पुग्यो
नुवाकोटमा आजदेखि कोरोना विरुद्धको खोप लगाइने
आजदेखि देशभर कोरोनाविरुद्ध खोप अभियान शुरु
बालुवाको ठेक्कामा अनियमितता भएको भन्दै उजुरी
नुवाकोटको दुप्चेश्वरमा सुरु भयो नागरिक आरोग्य सेवा केन्द्र
‘चुनाव पछाडि सर्न सक्छ’ : गृहमन्त्री थापा
नुवाकोटमा निर्वाचनको तयारी शुरु
kerung

ताजा अपडेट

इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ बाँडफाँट शुक्रबार १० बजे

नुवाकोट । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ बाँडफाँट शुक्रबार हुने भएको छ । बिक्री प्रबन्धक एनआइबीएल...

नुवाकोटमा कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु

नुवाकोट । नुवाकोटमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ । जिल्ल अस्पताल त्रिशुलीमा भएको...

  • नुवाकोटमा कोरोना संक्रमितको संख्या ११ सय २७ पुग्यो
  • नुवाकोटको बुद्धभूमी हाइड्रोपावर आईपिओ निष्काशन माग गर्दै धितोपत्र बोर्डमा
  • पीएम कप क्रिकेट : फाइनल पुग्न एपीएफ र पुलिस भिड्दै,एपीएफ ब्याटिङमा
  • कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ,नतिजा आउन अझै दुई साता लाग्ने
  • इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ बाँडफाँट शुक्रबार १० बजे
  • नुवाकोटमा कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु
  • नुवाकोटमा कोरोना संक्रमितको संख्या ११ सय २७ पुग्यो
  • नुवाकोटको बुद्धभूमी हाइड्रोपावर आईपिओ निष्काशन माग गर्दै धितोपत्र बोर्डमा
  • पीएम कप क्रिकेट : फाइनल पुग्न एपीएफ र पुलिस भिड्दै,एपीएफ ब्याटिङमा
प्रकाशक\सम्पादक : शालिकराम चालिसे     संवाददाता : नवराज चालिसे, संगिता लामिछाने     गेर्खु मिडिया प्रा.लि विदुर ११ नुवाकोट    
© Bidurkhabar.com 2018 | All rights reserved
Website By : ssec
फोन: ९८४९८२०९१६ ईमेल : [email protected]