नुवाकोटमा कोरोना संक्रमितको संख्या ८ सय पुग्यो

नुवाकोट । नुवाकोटमा कोरोना संक्रमितको संख्या ८ सय पुगेको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका ११ जनामा कोरोना संक्रमित भेटिएसँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ८ सय पुगेको हो । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्ला २४ घण्टामा जिल्लाका ९४ जनाको स्वाब संकलन गरेकोमा ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
खनालका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका विदुर नगरपालिकाका ८ जना, बेलकोटगढी नगरपालिका, पन्चकन्या गाउँपालिका र तारकेश्वर गाउँपालिकामा समान एक एक जनामा कोरोना भाइरसका संक्रमित देखिएका हुन् । खनालका अनुसार पछिल्लो २४ घण्टामा नुवाकोटका २७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।
यससँगे नुवाकोटका कोरोनामुत्त हुनेको संख्या ५ सय ५७ पुगेको छ । यस्तै नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या २ सय ५५ पुगेको छ । संक्रमितमध्ये २ सय ३६ जना होम आइसोलेसनमा, ५ जना अस्पतालमा र एकजना आइसोलेसन सेन्टरमा उपचाररत रहेको कार्यालयका सुचना अधिकारी खनालले बताए ।
हालसम्म नुवाकोटमा कोरोना भाइरसको कारण एक महिलाले ज्यान गुमाएकी छिन् ।
प्रतिक्रिया