Logo
गृहपृष्ठ
    • समाचार
    • आर्थिक
    • अन्तरास्ट्रिय
    • खेलकुद
    • राजनीतिक
    • नुवाकोट समाचार
    • मनोरञ्जन
      • विचार
    • स्वास्थ्य/जीवनशैली

जिल्ला नगरको सवलिकरण र व्यवसायिक हकहितका लागि मेरो उमेदवारी : श्रेष्ठ

प्रकाशित मिती: १० मंसिर २०७७, बुधबार १७:००

नुवाकोट । नेपाल उद्योग बाणिज्य महासंघको अघिल्लो कार्यकालमा सर्वाधिक तेस्रो मत ल्याई केन्द्रीय कार्यकारिणी सदस्य पदमा निर्वाचित नुवाकोट उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष राजन श्रेष्ठले शनिवार सम्पन्न हुने साधारणसभामा पनि महासंघको आगामी कार्यकालका लागि जिल्ला नगरतर्फको कार्यकारीणी सदस्य पदमा उमेदवारी दिएका छन् ।

Trishuli Web Design in Nepal Nuwakot
Acharya Engineering Consultancy & Business Training Centre Nuwakot
Pioneer Education Consultancy And Visa Service Pvt. Ltd.

सानो उमेरमै महासंघको नेतृत्वमा पुगेर आफ्नो नेतृत्वदायी भुमिका र समन्वयकारी क्षमता प्रस्तुत गरिसकेका नेपाली काँग्रेसको केन्द्रीय उद्योग बिभागका सदस्यसमेत रहेका श्रेष्ठ महासंघको देशैभरीका नेतृत्वसंग सम्पर्क र सामिप्यताका हिसावले प्रतिस्पर्धीहरुको तुलनामा अग्रणी स्थानमा समेत रहेका छन् । सानो उमेरमा नुवाकोट उद्योग बाणिज्य संघको नेतृत्व गरेर आफ्नो कार्यकालमा जिल्लाका औद्योगिक सम्भावनाहरु उजागर गर्दे संभावनाहरुलाई सार्थकतामा परिणत गर्न सरोकारवाला निकायहरुलाई उत्प्रेरित गर्ने काम गरेर नुवाकोटका व्यवसायीहरुमाझ सफल नेतृत्वको छवी बनाएका श्रेष्ठले महासंघको केन्द्रीय नेतृत्वमा रहँदा पनि नेतृत्वसंगको समन्वय र सहकार्य मार्फत निरन्तर आफूलाई व्यवसायिक हकहितका पक्षमा उभ्याउँदै आएका छन् ।

आगामी कार्यकालका लागि कार्यकारिणी सदस्य पदमा बरिष्ठ उपाध्यक्षका उमेदवार चन्द्रप्रसाद ढकाल समूहबाट प्रतिस्पर्धामा रहेका श्रेष्ठ आफ्नो उमेदवारी जिल्ला, नगर र प्रदेश महासंघहरुलाई सवलिकरण गर्दे त्यसमार्फत उद्यमी ब्यवसायीहरुको हक अधिकार स्थापित गर्न रहेको बताउँछन् । कोरोना संक्रमणबाट आर्थिक क्षेत्रमा सिर्जित समस्याहरुलाई संबोधन गर्दे आर्थिक क्षेत्रलाई लयमा फर्काउन आफ्नो समूहले लिएको नीतिलाई पूर्ण कार्यान्वयन गर्न आफ्नो निरन्तर क्रियाशिलता रहने उनको भनाईछ ।

रोजगारदाता र श्रमिकहरुको संबन्धको पाटोलाई मजबुत बनाउने र त्यसमार्फत औद्योगिक शान्तिको वातावरण निर्माण गर्न निरन्तर बहस पैरबी गर्ने बताउँदै श्रेष्ठले आर्थिक बिकासका नयाँ सम्भावनाहरुको पहिचान गर्ने र मुलुकको आर्थिक समृद्धिको अभियानलाई सार्थक बनाउन समेत हरदम प्रयत्नशील रहने प्रतिबद्धता समेत जनाएका छन् ।

शेयर गर्नुहोस् >>

तपाइको प्रतिक्रिया

संबन्धित शीर्षकहरु

इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ बाँडफाँट शुक्रबार १० बजे
नुवाकोटको बुद्धभूमी हाइड्रोपावर आईपिओ निष्काशन माग गर्दै धितोपत्र बोर्डमा
सानिमा बैंकको नाफा १ अर्ब ६ करोड
प्रभु बैंकको नाफा डेढ अर्ब
नुवाकोटमा कृषि उद्यमी व्यवसायी र र्बैकवीच व्यवसाय प्रर्वद्धन गर्ने सहमति
सानिमा बैंकको ललितपुरको कोपुण्डोलमा नयाँ शाखा
नेप्सेमा दोहोरो अंकको वृद्धि, बजार पूँजीकरण ३२ खर्ब ८७ अर्ब
कुमारी बैंकको नाफा एक अर्व माथि
kerung

ताजा अपडेट

इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ बाँडफाँट शुक्रबार १० बजे

नुवाकोट । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ बाँडफाँट शुक्रबार हुने भएको छ । बिक्री प्रबन्धक एनआइबीएल...

नुवाकोटमा कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु

नुवाकोट । नुवाकोटमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ । जिल्ल अस्पताल त्रिशुलीमा भएको...

  • नुवाकोटमा कोरोना संक्रमितको संख्या ११ सय २७ पुग्यो
  • नुवाकोटको बुद्धभूमी हाइड्रोपावर आईपिओ निष्काशन माग गर्दै धितोपत्र बोर्डमा
  • पीएम कप क्रिकेट : फाइनल पुग्न एपीएफ र पुलिस भिड्दै,एपीएफ ब्याटिङमा
  • कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ,नतिजा आउन अझै दुई साता लाग्ने
  • इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ बाँडफाँट शुक्रबार १० बजे
  • नुवाकोटमा कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु
  • नुवाकोटमा कोरोना संक्रमितको संख्या ११ सय २७ पुग्यो
  • नुवाकोटको बुद्धभूमी हाइड्रोपावर आईपिओ निष्काशन माग गर्दै धितोपत्र बोर्डमा
  • पीएम कप क्रिकेट : फाइनल पुग्न एपीएफ र पुलिस भिड्दै,एपीएफ ब्याटिङमा
प्रकाशक\सम्पादक : शालिकराम चालिसे     संवाददाता : नवराज चालिसे, संगिता लामिछाने     गेर्खु मिडिया प्रा.लि विदुर ११ नुवाकोट    
© Bidurkhabar.com 2018 | All rights reserved
Website By : ssec
फोन: ९८४९८२०९१६ ईमेल : [email protected]