Logo
गृहपृष्ठ
    • समाचार
    • आर्थिक
    • अन्तरास्ट्रिय
    • खेलकुद
    • राजनीतिक
    • नुवाकोट समाचार
    • मनोरञ्जन
      • विचार
    • स्वास्थ्य/जीवनशैली

मध्यभोटेकोसीमा करोडौं घोटाला

प्रकाशित मिती: १० मंसिर २०७७, बुधबार ०८:२२

नुवाकोट । निर्माणाधीन १ सय २ मेगावाटको मध्यभोटेकोसी जलविद्युत् आयोजनामा आयोजनाका कार्यकारी निर्देशक मणिराम काफ्ले, चिनियाँ ठेकेदार र कन्सल्ट्यान्टको मिलेमतोमा करोडौं घोटाला भएको प्रमाण फेला परेको छ ।

Trishuli Web Design in Nepal Nuwakot
Acharya Engineering Consultancy & Business Training Centre Nuwakot
Pioneer Education Consultancy And Visa Service Pvt. Ltd.

स्थानीय समुदायलाई दोष थुपारेर आयोजनाको अवधि लम्ब्याउँदै आयोजनाका कार्यकारी निर्देशक मणिराम काफ्ले, कन्सल्ट्यान्ट दिनेश भण्डारी र चिनियाँ ठेकेदारका दोभाषे गोविन्द पौडेल करोडौंको आर्थिक चलखेलमा लागेको प्रमाण सार्वजनिक भएको छ । आर्थिक चलखेलमा लागेर आयोजनालाई असफल बनाउनमा कार्यकारी निर्देशक काफ्ले नै लागिपरेको आयोजनाका प्रमुख सुनिलकुमार लामाले बताउनुभयो । ‘चिनियाँ दोभाषे गोविन्द पौडेलसँग करोडौंको ड्रिल भएको अडियो नै फेलापरेको छ, सुरुङको टेस्ट नै नगरी कन्सल्ट्यान्टले सिफारिस गरेको छ।’ –मंगलबार आयोजनास्थलमा स्थानीय सरकारका प्रतिनिधि र स्थानीयबासीसामु आयोजना प्रमुख सुनिलकुमार लामाले भन्नुभयो ।

दोभाषे गोविन्दमार्फत कन्सल्ट्यान्टका दिनेश भण्डारी र आयोजनाका कार्यकारी निर्देशकका बैंक खातामा रकम जम्मा गरी सुरुङको परीक्षण नै नगरी कन्सल्ट्यान्टले सिफारिस गरेको तर आयोजना प्रमुख सुनिलकुमार लामाले आर्थिक चलखेल पत्तो पाएपछि पास भने भएको छैन । ‘सुरुङ परीक्षण नै नगरी कन्सल्ट्यान्टले सिफारिस पठायो, मैले पास गर्न मानिनँ।’ –लामाले भन्नुभयो ।

कार्यकारी निर्देशक काफ्ले, कन्सल्ट्यान्ट भण्डारी र दोभाषे पौडेलको सेटिङमा मध्यभोटेकोसी आयोजनाको साइट कार्यालयमा राम्रो काम गर्ने कर्मचारीलाई लामो समय टिक्नसम्म दिइँदैन । काम गर्ने कर्मचारी उनीहरुको सेटिङमा खेदिन्छन्, आयोजना प्रमुख सुनिल लामाले पत्तोसम्म पाउँदैनन् । ‘एमडी यता आउँदा मसँग भेटघाटसम्म हुँदैन, कन्सल्ट्यान्ट र कन्ट्र्याक्टरसँग भेटेर फर्कनुहुन्छ’, लामाले भन्नुभयो– ‘एउटा सामान्य दोभाषेसँग करोडौं ड्रिल गर्ने कार्यकारी निर्देशकले कसरी आयोजना सम्पन्न गर्न सक्छन्?’

२०७४ सालमै सम्पन्न हुनुपर्ने मध्यभोटेकोसी आयोजनामा हालसम्म ६० प्रतिशत पनि काम सम्पन्न भएको छैन । आर्थिक चलखेलका कारण पटकपटक म्याद थप गर्दै पछिल्लोपटक पुनः म्याद थप्ने तयारी भइरहेपछि बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पासहित स्थानीय अगुवाहरु मध्यभोटेकोसी आयोजनामा भइरहेको चलखेलको भण्डाफोरमा उत्रनुभएको छ ।

‘समस्या सिर्जना गर्दै आयोजनाको म्याद थप्ने र कमाउने खेलमा एमडी मणिराम काफ्ले लागेको प्रमाण भेटियो, एउटा सामान्य दोभाषेसँगको करोडौंको ड्रिल गरेको अडियो हामीसँग छ’, बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले भन्नुभयो– ‘स्थानीय समुदायका समस्या ज्युँकात्युँ छन्, एमडी नै कमाउ धन्दामा लागेर आयोजना असफल बनाउन उद्यत देखिए ।’ राष्ट्रिय गौरवको मध्यभोटेकोसी आयोजनाका धमिराहरुलाई कानुनी कारबाहीको प्रक्रियामा आफूहरु अघि बढेको उहाँले बताउनुभयो ।

मध्यभोटेकासी जलविद्युत् आयोजना क्षेत्रमा स्थानीयका जग्गाजमिन खण्डहर भएको छ । उनीहरुलाई क्षतिपूर्ति दिइनुपर्ने भए पनि हालसम्म क्षतिपूर्तिबापतको रकम नदिएको स्थानीय अगुवा सुप्पा श्रेष्ठले बताउनुभयो । ‘राष्ट्रिय गौरवको आयोजनामाथि चलखेल र खेलवाड गर्नेहरुलाई हामीले जनकारबाही गर्नुनपरोस्, यी अपराधीहरुलाई राज्यले कारबाही गरोस्।’ –श्रेष्ठले भन्नुभयो ।

शेयर गर्नुहोस् >>

तपाइको प्रतिक्रिया

संबन्धित शीर्षकहरु

इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ बाँडफाँट शुक्रबार १० बजे
नुवाकोटको बुद्धभूमी हाइड्रोपावर आईपिओ निष्काशन माग गर्दै धितोपत्र बोर्डमा
सानिमा बैंकको नाफा १ अर्ब ६ करोड
प्रभु बैंकको नाफा डेढ अर्ब
नुवाकोटमा कृषि उद्यमी व्यवसायी र र्बैकवीच व्यवसाय प्रर्वद्धन गर्ने सहमति
सानिमा बैंकको ललितपुरको कोपुण्डोलमा नयाँ शाखा
नेप्सेमा दोहोरो अंकको वृद्धि, बजार पूँजीकरण ३२ खर्ब ८७ अर्ब
कुमारी बैंकको नाफा एक अर्व माथि
kerung

ताजा अपडेट

इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ बाँडफाँट शुक्रबार १० बजे

नुवाकोट । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ बाँडफाँट शुक्रबार हुने भएको छ । बिक्री प्रबन्धक एनआइबीएल...

नुवाकोटमा कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु

नुवाकोट । नुवाकोटमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ । जिल्ल अस्पताल त्रिशुलीमा भएको...

  • नुवाकोटमा कोरोना संक्रमितको संख्या ११ सय २७ पुग्यो
  • नुवाकोटको बुद्धभूमी हाइड्रोपावर आईपिओ निष्काशन माग गर्दै धितोपत्र बोर्डमा
  • पीएम कप क्रिकेट : फाइनल पुग्न एपीएफ र पुलिस भिड्दै,एपीएफ ब्याटिङमा
  • कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ,नतिजा आउन अझै दुई साता लाग्ने
  • इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ बाँडफाँट शुक्रबार १० बजे
  • नुवाकोटमा कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु
  • नुवाकोटमा कोरोना संक्रमितको संख्या ११ सय २७ पुग्यो
  • नुवाकोटको बुद्धभूमी हाइड्रोपावर आईपिओ निष्काशन माग गर्दै धितोपत्र बोर्डमा
  • पीएम कप क्रिकेट : फाइनल पुग्न एपीएफ र पुलिस भिड्दै,एपीएफ ब्याटिङमा
प्रकाशक\सम्पादक : शालिकराम चालिसे     संवाददाता : नवराज चालिसे, संगिता लामिछाने     गेर्खु मिडिया प्रा.लि विदुर ११ नुवाकोट    
© Bidurkhabar.com 2018 | All rights reserved
Website By : ssec
फोन: ९८४९८२०९१६ ईमेल : [email protected]