विदुर नगरपालिकामा जसपाको भेला कमिट गठन
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ८ र ९ मा जनता समाजवादी पार्टी (जसपा) को वडा कमिटि गठनको लागि भेला कमिटि गठन गरिएको छ ।
जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य डा. भिमलाल तामाङ र जिल्ला उपाध्यक्ष अजित तामाङको उपस्थितिमा मंगलबार दुईवट्टै वडाको संयुत्त बैठकले वडा कमिटि गठनका २५ सदस्यीय वडा भेला आयोजक समिति बनाइएको हो । समितिको संयोजकमा पृथ्वी तामाङ र सहसंयोकमा महेन्द्र तामाङलाई चयन गरिएको जनता समाजवादी पार्टीका जिल्ला सदस्य राम सुर्खेतीले जानकारी दिए ।
भेलालाई सम्बोधन गर्दे जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य डा. भिमलाल तामाङले अव युवाहरुको समस्या र आवश्यकता जनता समाजवादीले पुरा गर्ने बताए । डा. तामाङले जनता समाजवादी पार्टीले नेपालका सबै जात धर्मलाई एकतावद्ध बनाएर बढेको बताए ।
त्यस्तै जसपा नुवाकोटका उपाध्यक्ष अजित तामाङले जनताको साझा चौतारी आफुहरुले निर्माण गरिरहेको भन्दै सबै युवाहरु यसमा छुट्न नह्ने उल्लेख गरे ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया