बट्टारमा भएको आगजनीमा ४ लाख रुपैयाँ बराबरको क्षति
विदुर खबर
२०७७ मंसिर ६ गते १९:३१


सांकेतिक तश्वीर ।
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ बट्टारको भिमसेन मार्गमा आज विहान भएको आगलागीमा ४ लाख रुपैयाँ बरावरको क्षति भएको छ ।
स्थानिय रामकुमार शाहीको सलिना काष्ठ फर्निचरमा आगलागी हुँदा ४ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ । आगलागीबाट तीन थान थ्रि पिस दराज, दुई थान वान पिस दराज, एउटा डाईनिङ टेबल र किचन दराज लगायत पुर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ ।
यस्तै लुई थान वनपिस दराज, दुई थान थ्रि पिस दराज, दुई थान लो बेड, चार थान जस्ता पाता र एउटा काठ काट्ने कटर मेशिनमा सामान्य क्षेति पुगेको फर्निचरका संचालक रामकुमार शाहीले जानकारी दिए ।
आगलागीको कारण भने अझै खुल्न नसकेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
बट्टारको पुरानोबजारमा आगलागी क्षतिको विवरण आउन बाँकी
Advertisement
सम्बन्धित
प्रतिक्रिया