बट्टारको पुरानोबजारमा आगलागी क्षतिको विवरण आउन बाँकी
विदुर खबर
२०७७ मंसिर ६ गते ६:४९


सांकेतिक तश्वीर ।
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ बट्टारको पुरानो पाटी नजिक रहेको फर्निचरमा आगलागी भएको छ ।
फर्निचरमा आगलागी भएपछि स्थानियबासी र विदुर नगरपालिकाको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा ल्याइएको विदुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष टलकमान श्रेष्ठले जानकारी दिए ।
आगलागीका कारण भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । विद्युत सर्ट भएर आगलागी भएको स्थानियले आशंका गरेका छन् ।
आगलागीबाट भएको क्षतिको विवरण भने आउँन बााकी छ ।
सम्बन्धित
प्रतिक्रिया