नुवाकोटका ४ सय ४ जना कोरोनामुत्त भएर घर फर्किए

विदुर खबर २०७७ मंसिर ३ गते १६:११

नुवाकोट । नुवाकोटका ४ सय ४ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका छन् ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका १४ जना कोरोना संक्रमित निको भएर घर फर्किएसँगै जिल्लाका ४ सय ४ जना कोरोनामुत्त भएर घर फर्किएका हुन् । कोरोनामुत्त हुनेमा २ सय ९५ पुरुष र एकसय ९ जना महिला रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका १२ पुरुष र २ महिलासहित १४ जना कोरोना मुत्त भएर घर फर्किएका हुन् ।

यस्तै नुवाकोटमा कोरोना संक्रमितको संख्या ७ सय ४२ पुगेको खनालले बताए । जसमध्ये ५ सय १९ पुरुष र २ सय २३ महिला रहेका छन् । पछिल्लो २४ घण्टामा जिल्लाका २ पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितहरु ककनी र म्यागड गाउँपालिकाका रहेका छन् । यससँगै नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या ३ सय ३६ पुगेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । उनीहरुमध्ये ३ सय २२ जना होम आइसोलेसनमा, ३ जना त्रिशुली अस्पतालमा र एकजना शिवपुरी अस्पतालमा उपचाररत रहेको कार्यालयको भनाई रहेको छ ।

Advertisement

हालसम्म नुवाकोटमा एक महिलाको कोरोना संक्रमणको कारण ज्यान गएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया