नेकपाकोे सचिवालय बैठक आज बस्दै

नुवाकोट । पार्टीभित्रको आन्तरिक विवाद चर्किरहेका बेला नेपाल कम्युनिस्ट पार्टीले सचिवालय बैठक बोलाएको छ ।
पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच दूरी बढेपछि प्रभावित बनेको सचिवालय बैठक बोलाउन दुवै अध्यक्ष आ–आफ्नो अडानबाट पछि हटेपछि सहमति जुटेको हो । दुवै अध्यक्षसँग परामर्श गरी महासचिव विष्णु पौडेलले शुक्रबार अपराह्न ४ बजेका लागि सचिवालय बैठक बोलाउनुभएको छ ।
पार्टीभित्र विवाद चर्किंदै गएपछि कार्यकारी अध्यक्ष प्रचण्डले अध्यक्ष ओलीसँग सचिवालयको बैठक बोलाउन माग गर्नुभएको थियो । तर ओलीले पहिला एजेन्डामा सहमति भएपछि मात्र बैठक बस्ने अडान लिएपछि थप तनाब बढेको थियो । पार्टी विधानअनुसार दुवै अध्यक्षको सहमतिमा बैठक डाक्ने व्यवस्था भएको र त्यसका लागि पहिला एजेन्डामा सहमति हुनुपर्ने अडान राखेपछि प्रचण्डसहित पाँच नेताले लिखितरुपमा नै बैठक बोलाउन माग गरेका थिए ।
यसअघि कार्यकारी अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ गरी पाँच जनाले मंसिर २२ मा सचिवालय बैठक डाक्न अध्यक्ष ओलीलाई लिखित माग बुझाएका थिए
प्रतिक्रिया