नेकपाकोे सचिवालय बैठक आज बस्दै
नुवाकोट । पार्टीभित्रको आन्तरिक विवाद चर्किरहेका बेला नेपाल कम्युनिस्ट पार्टीले सचिवालय बैठक बोलाएको छ ।
पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच दूरी बढेपछि प्रभावित बनेको सचिवालय बैठक बोलाउन दुवै अध्यक्ष आ–आफ्नो अडानबाट पछि हटेपछि सहमति जुटेको हो । दुवै अध्यक्षसँग परामर्श गरी महासचिव विष्णु पौडेलले शुक्रबार अपराह्न ४ बजेका लागि सचिवालय बैठक बोलाउनुभएको छ ।
पार्टीभित्र विवाद चर्किंदै गएपछि कार्यकारी अध्यक्ष प्रचण्डले अध्यक्ष ओलीसँग सचिवालयको बैठक बोलाउन माग गर्नुभएको थियो । तर ओलीले पहिला एजेन्डामा सहमति भएपछि मात्र बैठक बस्ने अडान लिएपछि थप तनाब बढेको थियो । पार्टी विधानअनुसार दुवै अध्यक्षको सहमतिमा बैठक डाक्ने व्यवस्था भएको र त्यसका लागि पहिला एजेन्डामा सहमति हुनुपर्ने अडान राखेपछि प्रचण्डसहित पाँच नेताले लिखितरुपमा नै बैठक बोलाउन माग गरेका थिए ।
यसअघि कार्यकारी अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ गरी पाँच जनाले मंसिर २२ मा सचिवालय बैठक डाक्न अध्यक्ष ओलीलाई लिखित माग बुझाएका थिए
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












Breaking News कांग्रेस नेता एवं पूर्वमन्त्री दिपक खड्का पक्राउ
आजको मौसम : चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
नुवाकाेटमा बालेन्द्र र सुधनविरूद्ध नाराबाजी
सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गरिने
ओलीको रिहा माग्दै नुवाकाेटमा प्रदर्शन





प्रतिक्रिया