नुवाकोटमा कोरोना संक्रमितको संख्या ७ सय नजिक पुग्यो

नुवाकोट । नुवाकोटमा कोरोना संक्रमितको संख्या ७ सय नजिक पुगेको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका ११ जना कोरोना संक्रमित थपिएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ७ सय नजिक पुगेको हो । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले पछिल्लो २४ घण्टमा विदुर नगरपालिकाका एक महिला र ५ पुरुष तथा शिवपुरी गाउँपालिकाका २ महिला र ३ पुरुषमा कोरोना संक्रमण भएको जानकारी दिए । उनीहरु सबै होम आइसोलेसनमा उपचाररत रहेको खनालले जानकारी दिए ।
यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ६ सय ९४ पुगेको छ । संक्रमितमध्ये ४ सय ८० पुरुष र २ सय ४ जना महिला रहेका छन् । यस्तै नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या ३ सय ६४ पुगेको कार्यालयका सुचना अधिकारी खनालले जानकारी दिए ।
जिल्लाका संक्रमितमध्ये ३ सय ५७ जना होम आइसोलेसनमा, ६ जना त्रिशुली अस्पतालमा र एक जना शिवपुरी गाउााँपालिकाको आइसोलेसन सेन्टरमा उपचाररत रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
हालसम्म नुवाकोटका २ सय २८ जना कोरोनामुत्त भएका छन् । जसमा ३ सय ४४ पुरुष र ८४ महिला रहेका छन् । पछिल्लो २४ घण्टामा जिल्लाका ७ पुरुष र २ महिला कोरोनामुत्त भएर घर फर्किएका छन् ।
नुवाकोटमा अहिलेसम्म ७ हजार ४७ जनाको पिसिआरको लागि स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । हालसम्म नुवाकोटमा एक महिलाले कोरोनाको कारण ज्यान गुमाएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया