हास्य टेलिश्रृङ्खला ‘सक्किगोनी’ फेरि प्रसारण हुँदै
विदुर खबर
२०७७ कार्तिक २६ गते १९:४८

नुवाकोट । चर्चित हाँस्य सिरियल ‘सक्किगोनी’ अब हिमालय टेलिभिजनबाट प्रसारण हुने भएको छ ।
लामो समयदेखि नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको यो सिरियल मंसिर २५ गतेबाट भने हिमालय टेलिभिजनबाट प्रसारण गर्ने तयारी गरिएको हो । कोरोनाको कारणले छायाँकन गर्न असम्भव भएपछि केही महिनादेखि प्रसारण हुन सकेको थिएन । कोरोना महामारीका कारण केही महिना रोकिएको श्रृङ्खला पुन: संचालनमा आउन लागेको कार्यक्रमका निर्देशक कुमार कट्टेलले जानकारी दिए ।
आगामी मंसिर २५ गतेदेखि हरेक बिहीबार राति ८ बजे हिमालय टेलिभिजनबाट प्रसारण हुने उनले बताए। हिमालय टेलिभिजनको लगानीमा उत्पादन हुने सक्किगोनी श्रृंखलालाई जेपीटी क्रियसनले निर्माण गर्न लागेको हो । ‘सक्किगोनी’को बजारीकरणका लागि एड प्याड प्रालि समेत अनुबन्धित भएको छ ।
सम्बन्धित
प्रतिक्रिया