नुवाकोटको सदरमुकाम विदुरमा दश दिनदेखि पानीको हाहाकार, उपभोत्ता समिति भन्छ “यस्तै अवस्था रहे महिनौ दिनसम्म धारामा पानी आउँदैन”

विदुर खबर २०७५ साउन ४ गते १४:३७

शालिकराम चालिसे, बट्टार÷बिदुर नगरपालिका अन्तर्गत पर्ने बट्टार, बिदुर, ढुंगे पिपलटार,लगायतका मुख्य बजार क्षेत्रभित्र बिगत १० दिन देखि धारामा पिउने पानी नआउदा आम नागरिकहरु प्रत्यक्ष मारमा परेका छन् ।

धारामा एक दिन बिराएर आउने गरेको पानी नआउदा नागरिकहरु अन्योलमा परेका छन् । मानब जीवनको लागी पानी अतिआबश्यक रहेको र १० दिनसम्म पनि पानी नआउदा दैनिकी चलाउन निकै नै समस्या भएको नागरिकहरु गुनासो गर्दछन् । कतिपय नगरपालिका भित्रका स्थानमा बैशाखदेखि नै सडकको नाली खन्ने बाहानामा सडकको छेउ खन्दा धारामा पानी नआएको र पानी बिना जीवन निर्बाह गर्नको लागी अत्यन्त कष्ट हुने गरेको नागरिकहरु दुखेसो गर्दछन् । उपभोताले पानी लेराउनकाो लागी ब्यत्तिगत रुपमा नै पाईप किनेको तर सडकको नाली खन्ने कार्य गर्दा ती पाईपहरु नै बेपता गरिएको उपभोताहरुको भनाई रहेको छ । धारामा पानी नआउदा लुगा धुन, नुहाउन, शौच प्रयोग गर्नको लागी समस्या भएको बताउनुहुन्छ बिदुर नगरपालिका वडा नम्बर ४ फेदीबेसीका कृष्णप्रसाद पुडासैनी ।

यस्तै, १० दिन देखि धारामा पानी नआउदा आकाशको पानी जम्मा पारेर भएपनि कपडा धुने गरेको र खानेपानीको प्रयोगको लागी बजारको जारमा बेच्न राखेको पानी किन्न बाध्य भएको बताउनुहुन्छ अर्का उपभोत्ता सर्मिला अर्याल । नगरपालिका भित्र यसअघि बितरण गरिएको पानी धमिलो आउने गरेको उपभोत्ताहरुले बताएका छन् । त्यही धमिलो पानी पनि अहिले धारामा ठप्पै हुँदा बजार क्षेत्रमा पानीको हाहाकार मच्चिएको छ । राजधानीबाट नुवाकोट भित्रने ३ बटै सडक निर्माणाधिन अबस्थामा रहेकाले उपभोत्ताको धारामा पानी बितरण गर्न नसकिएको बिदुर नगरपालिकाले जनाएको छ । नगरपालिकाभित्र पानीलाई सहज रुपमा बितरण गर्ने लक्ष्यका निर्माणधिन आयोजनाहरुको प्राबिधिक त्रुटीका कारण पिउनयोग्य पानीको बितरण गर्न नसकेको बिदुर नगरपालिकाले स्वीकार गरेको छ । नगरपालिकाबासीको खानेपानी बितरणमा आएको समस्यालाई तत्काल समाधान गर्न नसकिने भन्दै शुद्ध पानी पउिनको लागी केही समय बजार कै पानी प्रयोग गर्न नगरपालिकाले आग्रह गरेको छ । निर्माणाधिन सडक र आयोजनाको कार्यलाई तिब्रता दिन पहल गरेको बताउदै आम उपभोत्ताहरुलाई पानी उपभोग गर्न अब केही समय धैर्य गर्न आग्रह गर्नुहुन्छ बिदुर नगरपालिकाका उपमेयर गीता दाहाल ।

यस्तै, खानेपानी उपभोत्ता समिती नुवाकोटको अध्यक्ष नारायण खनाललाई बिदुर नगरपालिका भित्रका बजार क्षेत्रमा कहिले पानी आउछ ? भनी सञ्चारकर्मीले प्रश्न गर्दा पहिरो गएको समाचार थाहा छैन ? भन्दै उल्टो प्रश्न गर्दै उहाँँले नुवाकोटको बिभिन्न स्थानमा पहिरो गएर पानी नआएको र १० दिन मात्र नभई अब महिनौ दिनसम्म पनि पानी नआउन सक्ने ठाडो जवाफ दिएका छन् । बिदुरबासीलाई सहज रुपमा पानीको बितरण गर्न बिकल्पमा तेश्रो साना सहरी आयोजना भएको तर समयमा नै काम सम्पन्न गर्न नसक्दा कम्तीमा अझै एक बर्ष लाग्ने लाचार जवाफ दिनुहुन्छ खानेपानी उपभोत्ता समितीका अध्यक्ष नारायण खनाल । धारामा पानी नआएपनि पानीको मासिक शूल्क भने महिनै पिच्छे तिरिरहनपरेको उपभोत्ताहरुको गुनासो रहेको छ । यसअघि बितरण गर्ने पानी गुणस्तरहिन रहेको र अहिले पनि १० दिनसम्म धारामा पानी बितरण गर्न नसक्नु खानेपानी उपभोत्ता समितीको हदैसम्मको लापरबाही रहेको उपभोत्ता हकहित संरक्षण नुवाकोटले जनाएको छ ।
उपभोत्ताहरुलाई पिउनयोग्य पानीको सहज रुपमा बितरण गर्न नसक्नु खानेपानी उपभोत्ता समितीको गरैजिम्मेवारीपन रहेको र नगरबासीको धारामा छिटै पानी उपलबध गराउनको लागी सम्बन्धित निकायहरुलाई घच्घचाई आबश्यक पहलहरु भैरहेको उपभोत्ता हकहित संरक्षण मञ्च नुवाकोटका अध्यक्ष ईन्द्र पण्डित बताउनुहुन्छ ।

मानिसको लागी अतिआबश्यक पर्ने पानी १० दिनसम्म नआउदा बजारक्षेत्रका बासिन्दाहरु समस्यामा परेका छन् । मानिस बाँच्नको लागि पानी एकदमै महत्बपूर्ण रहेकाले नागरिकहरुको पहुँचमा पिउनयोग्य पानी बितरण गर्न सम्बन्धित निकायले समयमा नै बैकल्पिक उपायको खोजी गरिनु आबश्यक रहेको छ ।

प्रतिक्रिया