तिहारमा देउसी भैलो नखेल्न नुवाकोट प्रशासनको आग्रह
विदुर खबर
२०७७ कार्तिक २५ गते २०:२१

नुवाकोट । जिल्ला प्रशासन कार्यालय नुवाकोटले घरमै बसेर रमाइलोका साथ परिवारमा पर्व मनाउन र तिहारमा देउसी–भैलो कार्यक्रम नगर्न अनुरोध गरेको छ ।
जिल्ला प्रशासन कार्यालयक तर्फबाट प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले एक सूचना जारी गरी नजिकिदैँ गरेको दीपावली, छठ, नेपाल सम्वत लगायतका पर्वमा भिडभाड नगर्न आग्रह गरेका छन् । विज्ञप्तिमा कोरोना सङ्क्रमण बढेका बेला थप सङ्क्रमण फैलाउन गतिबिधि नगर्न प्रशासनले अनुरोध गर्दै भुइचम्पा, आतासबाजी, पटेका पड्काउने लगायतका क्रियाकलाप समेत नगर्न भनिएको छ ।
यसका साथै यि वस्तुको व्यापार, ओसारपोसार तथा बिस्फोटक पदार्थ समेत प्रयोग नगर्न भनिएको छ । सूचना उल्लंघन गरे कानुन अनुसार कारबाही हुने बताइएको छ ।
सम्बन्धित
प्रतिक्रिया