तिहारमा देउसी भैलो नखेल्न नुवाकोट प्रशासनको आग्रह
विदुर खबर
२०७७ कार्तिक २५ गते २०:२१
नुवाकोट । जिल्ला प्रशासन कार्यालय नुवाकोटले घरमै बसेर रमाइलोका साथ परिवारमा पर्व मनाउन र तिहारमा देउसी–भैलो कार्यक्रम नगर्न अनुरोध गरेको छ ।
जिल्ला प्रशासन कार्यालयक तर्फबाट प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले एक सूचना जारी गरी नजिकिदैँ गरेको दीपावली, छठ, नेपाल सम्वत लगायतका पर्वमा भिडभाड नगर्न आग्रह गरेका छन् । विज्ञप्तिमा कोरोना सङ्क्रमण बढेका बेला थप सङ्क्रमण फैलाउन गतिबिधि नगर्न प्रशासनले अनुरोध गर्दै भुइचम्पा, आतासबाजी, पटेका पड्काउने लगायतका क्रियाकलाप समेत नगर्न भनिएको छ ।
यसका साथै यि वस्तुको व्यापार, ओसारपोसार तथा बिस्फोटक पदार्थ समेत प्रयोग नगर्न भनिएको छ । सूचना उल्लंघन गरे कानुन अनुसार कारबाही हुने बताइएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन
धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण





प्रतिक्रिया