नुवाकोटमा आज थप १९ जनामा कोरोना पुष्टि

विदुर खबर २०७७ कार्तिक २४ गते १६:१२

नुवाकोट । नुवाकोटमा आज थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लोे २४ घण्टामा जिल्लाका १४ पुरुष र ५ महिला गरि १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा विदुर नगरपालिकाका ३ महिला र १२ पुरुष तथा शिवपुरी गायँपालिकाका ३ जना र ककनी गाउँपालिकाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये १८ जना होम आइसोलेसनमा र एकजना आइसोलेसन सेन्टरमा उपचाररत गरिरहेको खनालले जानकारी दिए ।

यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ६ सय ३८ पुगेको छ । संक्रमितमध्ये ४ सय ५४ पुरुष र एकसय ८४ जना महिला रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा नुवाकोटका ६ जना कोरोना संक्रमित कोरोनामुत्त भएका छन् । कोरोनामुत्त हुनेमा दुई पुरुषसहित चार महिला रहेका छन् । यससँगै नुवाकोटमा कोरोनामुत्त हुनेको संख्या २ सय ९४ पुगेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

हालसम्म नुवाकोटका ६ हजार ८ सय १७ जनाको पिसिआर परिक्षण हुँदा एकसय ६३ जनाको रिर्पाेट आउँन बाँकी रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । नुवाकोटमा अहिलेसम्म एकजना कोरोना संक्रमितले ज्यान गुमाएको कार्यालयको भनाइ रहेको छ ।

प्रतिक्रिया