‘गैडा’ लाई कोरोना संक्रमण

विदुर खबर २०७७ कार्तिक २२ गते १२:०७

नुवाकोट । लोकप्रिय हास्य कलाकार तथा निर्देशक निर्मल शर्मा ‘गैडा’ लाई कोरोना संक्रमण भएको छ । शर्माले सामाजिक सञ्जाल मार्फत आफूलाई संक्रमण देखिएको जानकारी दिएका छन् ।

Advertisement

शुक्रबार गराएको पिसिआर परीक्षणमा उनको रिपोर्ट पोजिटिभ आएको हो । ‘एक दिन सामान्य ज्वरो आएको बाहेक कुनै लक्षण देखा नपरेपनि हिजो गरेको पिसिआर टेष्टमा मेरो रिपोट पोजेटिभ आएको जानकारी गराउँछु’ शर्माले लेखेका छन्, ‘आजबाट १४ दिन पूर्ण रुपमा घरमै बसी कोरोनामुक्त हुने प्रयास गर्नेछु ।’

यस्तै, उनले पछिल्लो समय आफ्नो सम्पर्कमा आएका सबैलाई सचेत रहन र आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया