त्रिशूली जिप दुर्घटना : वेपत्ता इञ्जिनियरको शव भेटियो
विदुर खबर
२०७४ फागुन ४ गते १२:११
धादिङ — जिप दुर्घटनामा परी गत शनिबार बावुसँगै वेपत्ता भएका ईन्जिनियर सन्तोष यादवको शव शुक्रबार अपराह्न फेला परेको छ । वेनीघाट रोराङ-३ गोमती खोला नजिक त्रिशूलीमा तैरीरहेको अवस्थामा स्थानीयवासीले फेला पारेका थिए ।
ईन्जिनियर सन्तोष पनि चालकसँगै पानीमा खसेर मृत्यु भएको हुन सक्ने गजुरीस्थित प्रहरी निरीक्षक सञ्जय तिमिल्सिनाले वताए । शव परीक्षणका लागि गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याइएको छ । शव भेटिएपछि आफन्तलाई बोलाएको प्रहरीले जनाएको छ ।
कपिलवस्तुबाट काठमाडौंका लागि छुटेको सिँचाई मन्त्रालयका सचिव रामानन्दप्रसाद यादव सवार जिप वेनीघाट सलाङ्गाटमा गत शनिबार बिहान दुर्घटनामा परेको थियो । जिपमा अगाडि सिटमा बसेकी १५ वर्षीया उन्नती गुप्ता र सचिव यादवको शव सिटवेल्ट काटेर गोताखोरले निकालेका थिए । जिप सचिव यादवले आफैंले चलाएका थिए ।
जिपको पछाडि बसेका चालक निरन्जन यादव अधिकारी भने फुत्केर बाँच्न सफल भएका थिए । उनलाई स्थानीयवासीले त्रिशूली नदीबाटै उद्धार गरेका थिए ।
सम्बन्धित
प्रतिक्रिया