चिलिमेको सहायक कम्पनी मध्य भोटेकोशीले छिट्टै आइपीओ ल्याउँदै

विदुर खबर २०७७ कार्तिक १९ गते १९:३०

नुवाकोट । चिलिमे जलविद्युत कम्पनीको सहायक कम्पनी मध्य भोटेकोशीले अब छिट्टै सर्वसाधारणको लागि आइपीओ जारी गर्ने भएको हो । यसका लागि कम्पनीले धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ भने अब उक्त आवेदन स्वीकृतिको अन्तिम चरणमा रहेको बताइएको छ ।

Advertisement

मध्ये भोटेकोशीले १ अर्ब ५करोड रुपैयाँ बराबरको १ करोड ५० लाख कित्ता करोड कित्ता सेयर सर्वसाधारणको लागि जारी गर्न लागेको हो । यो हालसम्म निष्काशन भएका आइपीओ मध्ये तोस्रो ठूलो आइपीओ हुनेछ । यसअघि नेपाल पुनर्बीमा कम्पनीले सबैभन्दा ठूलो १ अर्ब ६० करोड र अपर तामाकोशीले १ अर्ब ५८ करोड रुपैयाँ बराबरको आइपीओ जारी गरेको थियो ।

कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई इस्यु म्यानेजरको रूपमा नियुक्त गरेको छ भने नागरिक लगानी कोषले उक्त निष्काशनको अन्डरराइटरको भूमिका निर्वाह गर्ने भएको छ । मध्ये भोटेकोशीमा ५१ प्रतिशत सेयर होल्डिङ प्रमोटरको रहेको छ भने ४९ प्रतिशत सर्वसाधारणको स्वामित्व रहने छ । ४९ प्रतिशत मध्ये १९.५ प्रतिशत कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, ३.५० प्रतिशत प्रमोटर कम्पनीहरुको कर्मचारी, १ प्रतिशत ऋण प्रवाह गर्ने संस्थाहरुको कर्मचारीहरुको लागि छुट्याइएको छ ।

Advertisement

बाँकी रहेको सेयरबाट १० प्रतिशत प्रभावीत क्षेत्रका स्थानियहरु र १५ प्रतिशत सर्वसाधारणहरुको लागि वितरण गरिने छ । स्थानीय लगायत अन्यको लागि भने यसअघि नै सेयर वितरण गरिसकिएको छ ।

कम्पनीलाई नेपालको क्रेडिट एजेन्सी केयर–एनपीले ४ प्लसको रेटिङ दिएको छ । यो भनेको औसत भन्दा तल हो । यो कम्पनीको आधारभूत विश्लेषणको आधारमा दिइने रेटिङ हो । यो परियोजनामा हेडरेश टनेल र पेनस्टक पाइपको लम्बाइ क्रमशः ७ हजार १२५ र ७३० मिटर रहेको छ । सरकारले यसै आर्थिक वर्ष भित्र यो परियोजनाको लागि प्रशारण लाइन निर्माण गरिसक्ने योजना अघिल्लो बजेटमा उल्लेख गरेको थियो ।

Advertisement

१०२ मेगावाटको यो परियोजना सिन्धुपाल्चोकको भोटेकोशी खोलामा निमार्णाधिन रहेको छ । परियोजनाले वार्षिक ५४२.२ जी डब्लु एच उर्जा उत्पादन गर्नेछ । जसमध्ये ८३.७ जी डब्लु एच हिउँदमा उत्पादन हुनेछ भने वर्षामा ४५८ दशमलव ५ जी डब्लु एच उर्जा उत्पादन हुनेछ ।आगामी आर्थिक वर्षमा कम्पनीले २१.४२ रुपैयाँ प्रति सेयर आम्दानी हुने प्रक्षेपण गरेको छ भने नेट वर्थ १४६ रुपैयाँ हुने प्रक्षेपण गरेको छ ।

प्रतिक्रिया