कर्णालीको मन्त्रिमण्डल हेरफेर हुने संकेत
नुवाकोट । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले सरकारबाट बाहिरिने संकेत गरेका छन् । उनले आइतबार बिहानै फेसबुकमार्फत ३२ महिने कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।
असोज २५ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्व नेकपा संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता भएसँगै उत्पन्न विवादले कर्णालीको मन्त्रिपरिषद् पुनर्गठन हुने संकेत देखिएको हो । स्रोतका अनुसार मुख्यमन्त्री शाहीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका ३ जनालाई सम्भवत: आइतबारै मन्त्री बनाउँदैछन् ।
शनिबार साँझ मन्त्रिमण्डल पुनर्गठनको खाका तयार भएको र केन्द्रीय राजनीतिको हस्तक्षेप नभए ओली पक्षका मन्त्रीलाई हटाएर पुनर्गठन हुने मुख्यमन्त्री निकट स्रोतले बतायो । त्यसो गर्दा अहिले रहेका प्रधानमन्त्री ओली पक्षका रावल र नन्दसिङ बुढा सरकारबाट बाहिरिने छन् । यही सम्भावनाबीच मन्त्री रावलले आफ्नो भनाइ सार्वजनिक गरेका हुन् । उनले राजीनामा भने दिएका छैनन् ।
सांसद यामलाल कँडेलको अगुवाइमा दर्ता भएको अविश्वासको प्रस्तावबाट नेपाल पक्षका ७ जनाले हस्ताक्षर फिर्ता लिएपछि कात्तिक ७ गते उक्त प्रस्ताव अस्वीकृत भइसकेको छ ।
अविश्वास प्रस्ताव असफल बनाउने सन्दर्भमा नेपाल-दाहाल पक्षबीच भएको सहमतिअनुसार मन्त्रिमण्डल पुनर्गठन हुन लागेको नेपाल समूहका एक सांसदले बताए । सोअनुसार मन्त्रिमण्डल पुनर्गठन भएमा कर्णाली सरकारमा नेपाल समूहका ४ र दाहाल समूहका मुख्यमन्त्री सहित ३ जना हुनेछन् । सरकारमा ओली समूहको उपस्थिति शून्य हुनेछ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया