Breaking News:पहिरोले सुर्यगढीको चोगतेमा एक घर पुरियो, ५० लाख बराबरको क्षति
चोगते÷लगातारको अविरल वर्षाको कारण बुधबार राती नुवाकोटको सुर्यगढी गाउँपालिका वडा नं ३ चोगतेमा पहिरोले एक घर पुरएको छ भने ५० लाख बराबरको क्षति भएको छ ।
पहिरोले चोगतेबजारका नवराज श्रेष्ठको घर पुरिएको जिल्ला प्रहरी कार्यलय नुवाकोटका प्रहरी प्रमुख वसन्त कुवरले विदुरखबरलाई बताउनुभयो । पहिरोले घर पुर्रदा ४ जना घाइते भएका छन । घाइते हुनेमा घरधनि नवराज श्रेष्ठ, उनकी श्रीमति, छोरा र छोरी रहेको प्रहरी प्रमुख कुवरे जानकारी दिनुभयो । कुवरले श्रेष्ठको घरको अवस्था कच्ची रहेको र माथिबाट पहिरो आएर घर पुरिएको बताउनुभयो ।

घाइतेहरुको अहिले नुवाकोटको विदुरमा रहेको सिटि अस्पतालमा उपचार भइरहेको छ । घाइतेको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यmय नुवाकोटले जनाएको छ । पहिरोले घर पुरिँदा श्रेष्ठको घरमा पालेको १३ वटा बाख्रा र ३५ वटा कुखुरासहित करिव ५० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले बताएको छ ।
श्रेष्ठको घरमा किराना पसल रहेको र अझै क्षतिको एकिन विवरण आउन समय लाग्ने बताइएको छ । घटनाको थप अनुसन्धान भइरहेको नुवाकोटका प्रहरी प्रमुख वसन्त कुवँरले बताउनुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












बट्टारमा मोटरसाइकलले ठक्कर दिँदा एककाे मृत्यु
बागमती सरकारको बजेट बहुमतले पारित
धादिङमा फलामको पाइपले प्रहार गरी बुबाको हत्या
लुम्बिनी बिकास बैंक बट्टारकाे सुलक्षणा माविका विद्यार्थीहरूलाई शैक्षिक सामग्री
प्रेस स्वतन्त्रताको हनन कसैले पनि गर्न सक्दैन : सञ्चारमन्त्री तिमिल्सिना





प्रतिक्रिया