नुवाकोटमा आज थपिए २६ जना कोरोना संक्रमित
नुवाकोट । नुवाकोटमा पछिल्लो २४ घण्टामा २६ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा विदुर नगरपालिकामा ११ जना , बेलकोटगढी नगरपालिकामा १४ जना र सुर्यगढी गाउँपालिकामा एक जना कोरोना संक्रमित भेटिएका हुन् । खनालका अनुसार विदुर नगरपालिकाका ४ महिला र ७ पुरुष तथा बेलकोटगढीका ९ पुरुष र ५ महिला तथा सुर्यगढी गाउँपालिकाका एक पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको हो । संक्रमितहरु सबै होम आइसोलेसनमा उपचाररत रहेको खनालले जानकारी दिए ।
यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ४ सय ६७ पुगेको छ जसमध्ये ३ सय ४४ पुरुष र एकसय २३ महिला रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा बेलकोटगढी नगरपालिकाका एक पुरुष कोरोना निको भएर घर फर्किएका छन् । यससँगै नुवाकोटमा कोरोना निको भएर घर फर्कनेको संख्या एक सय ८४ पुगेको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार हालसम्म नुवाकोटका ६ हजार एकसय १४ जनाको पिसिआर परिक्षण गरिएको छ जसमध्ये एकसय जनाको नतिजा आउँन बाँकी रहेको कार्यालयका सुचना अधिकारी खनालले जानकारी दिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त 





प्रतिक्रिया