नुवाकोटमा आज थपिए २६ जना कोरोना संक्रमित
नुवाकोट । नुवाकोटमा पछिल्लो २४ घण्टामा २६ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा विदुर नगरपालिकामा ११ जना , बेलकोटगढी नगरपालिकामा १४ जना र सुर्यगढी गाउँपालिकामा एक जना कोरोना संक्रमित भेटिएका हुन् । खनालका अनुसार विदुर नगरपालिकाका ४ महिला र ७ पुरुष तथा बेलकोटगढीका ९ पुरुष र ५ महिला तथा सुर्यगढी गाउँपालिकाका एक पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको हो । संक्रमितहरु सबै होम आइसोलेसनमा उपचाररत रहेको खनालले जानकारी दिए ।
यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ४ सय ६७ पुगेको छ जसमध्ये ३ सय ४४ पुरुष र एकसय २३ महिला रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा बेलकोटगढी नगरपालिकाका एक पुरुष कोरोना निको भएर घर फर्किएका छन् । यससँगै नुवाकोटमा कोरोना निको भएर घर फर्कनेको संख्या एक सय ८४ पुगेको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार हालसम्म नुवाकोटका ६ हजार एकसय १४ जनाको पिसिआर परिक्षण गरिएको छ जसमध्ये एकसय जनाको नतिजा आउँन बाँकी रहेको कार्यालयका सुचना अधिकारी खनालले जानकारी दिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













आज क्रिसमस डे मनाइँदै, सार्वजनिक बिदा
नुवाकोटको सूर्यकुण्ड हाईड्रोको आईपीओ खुल्यो
चिलिमे हाइड्रोपावरको बम्पर लाभान्स घोषणा
नेपाल टेलिकमले ३० प्रतिशत लाभान्स दिने
निरञ्जना मन्दिरमा देवीको वहान प्रतिस्थापना





प्रतिक्रिया