नुवाकोटको विदुर नगरपालिकाका १९ जनामा कोरोना पुष्टि

विदुर खबर २०७७ कार्तिक १२ गते १९:४२

नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाका १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा विदुर नगरपालिकाका ८ जना पुरुष र ११ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ४ सय ४१ पुगेको छ जसमा ३ सय २७ जना पुरुष र एकसय १४ जना महिला रहेका छन् ।

Advertisement

खनालका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाको विदुर नगरपालिकाका ९ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । यस्तै पछिल्लो २४ घण्टामा जिल्लाका १४ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया