कोरोना परीक्षण निःशुल्क गर्न सर्वोच्चको आदेश
नुवाकोट । सर्वोच्च अदालतले कोरोना परीक्षण लगायत योसँग सबै सेवा सरकारी अस्पतालमा निःशुल्क गर्न सरकारको नाममा निर्देशनात्मक आदेश जारी गरेको छ ।
अधिवक्ताहरु केशरजंग केसी र लोकेन्द्र ओलीको निवेदनमाथि सुनुवाई गर्दै न्यायाधीशदय आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको संयुक्त इजलासले असोज १५ गते गरेको फैसलाको हालै सार्वजनिक पूर्ण पाठमा यस्तो आदेश जारी गरेको हो । फैसलामा कोरोना परीक्षण र यससँग सम्बन्धी सेवालाई समेत आधारभूत स्वास्थ्य सेवाको रुपमा व्याख्या गर्दै यस्तो सेवा प्रवाह गर्दा कुनै पनि सरकारी निकायले शुल्क लिन नपाइने भनेको हो ।
सर्वोच्चले सरकारी ल्याब र स्वास्थ्य संस्थामा गएका नागरिकहरुको अनिवार्य रुपमा कोरोनाको निःशुल्क परीक्षण हुने व्यवस्था मिलाउन समेत सरकारका नाममा आदेश गरेको छ । लक्षण नभएकाहरुले चाहेमा उनीहरुले पनि कोरोना परीक्षण गर्न पाउनुपर्ने, भिसा प्रयोजनका लागि परीक्षण गर्न चाहेमा निःशुल्क सेवा उपलब्ध हुनुपर्ने, निजी अस्पतालले पनि सरकारले तोकेको शुल्कभन्दा बढी परीक्षण शुल्क लिन नपाउने, सहरी क्षेत्रमा परीक्षणको दायरा बिस्तार गर्नुपर्ने लगायतका आदेश समेत फैसलामा समेटिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया