नुवाकोट तारकेश्वरका एक दर्जन कांग्रेस कार्यकर्ता नेकपा प्रवेश
नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकामा कांग्रेसका एक दर्जन कार्यकर्ता नेकपा प्रवेश गरेका छन् ।
उनीहरुलाई एक कार्यक्रममा नेकपा नुवाकोटका सचिव तथा प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडाले टिका र खादा लगाएर पार्टी प्रवेश गराएका हुन् । नेकपा पार्टी प्रवेश गर्नेहरुमा श्याम तामाङ, कुमार भण्डारी लगायतका १३ जना रहेका छन् ।
उनीहरुलाई स्वागत गर्दे नेकपा नुवाकोटका सचिव खतिवडाले सबै युवाहरुको चाहाना अनुसार सरकारले काम गरिरहेकोले नेकपाप्रति युवाहरुको आर्कषण बढेको बताए । उनले कोरोना भाइरसको कारण सरकारले क्षमता अनुसारको काम गर्न नसकेको उल्लेख गरे ।
पार्टी प्रवेश कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रमेश वस्ती, नेकपा तारकेश्वोर गाउँपालिका इन्चार्ज राजेन्द्र न्यौपाने , जिल्ला नेता समर आले, रामहरि न्यौपाने, गाउँपालिका नेता नारायण रिमाल लगायतको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












निर्माण व्यवसायीको तर्फबाट सरकारलाई धन्यवाद, विश्वास र समृद्ध नेपालको साझा संकल्प
प्रचण्ड नुवाकोटमा, स्थानिय नेता कार्यकर्तासँग भेट
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने नुवाकोटका बिक्रम पक्राउ
अर्जेन्टिना क्वटार फाइनलमा
आजको मौसम : देशभर मनसुनी बायुकाे प्रभाव रहदाँ मध्यम बर्षा हुने





प्रतिक्रिया