नुवाकोटका थप आठ जनामा कोरोना संक्रमण

विदुर खबर २०७७ असोज १८ गते १९:२३

नुवाकोट ।नुवाकोटका थप आठजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका स्वास्थ्य प्रमुख सागरप्रसाद घिमिरेका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका तीन महिला र पाँच पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।कोरोना पोजेटिभ देखिनेमा विदुर नगरपालिकाका ३४ वर्षीया एक महिला र २१, ३१ र ३३ वर्षीय तीन पुरुष रहेको छ भने बेलकोटगढी नगरपालिकाका ६० वर्षिया एक महिलामा कोरोना सङ्क्रमण भेटिएको छ ।

यस्तै, तारकेश्वर गाउँपालिकाका १५ वर्षिया एक महिला र २८ वर्षीय एक पुरुषमा पनि सङ्क्रमण देखिएको छ भने तादी गाउँपालिकाका ७७ वर्षीय एक वृद्धमा पनि सङ्क्रमण देखिएको छ ।

Advertisement

योसँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या नुवाकोटमा एकसय ५० पुगेको छ । त्यस्तै नुवाकोटका एकसय १९ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार हालसम्म नुवाकोटका ४ हजार ८ सय २७ जनाको पिसिआर परिक्षण गरिएको छ ।हाल त्रिशुली अस्पताल (जिल्ला)मा १७ जना र खरानिटार अस्पतालमा १ जना आइसोलेशनमा उपचारत रहेका छ ।

Advertisement

आज सङ्क्रमित भएका मध्ये विदुर नगरपालिकाका एक महिला र एक पुरुषलाई त्रिशुली अस्पतालमा ल्याउने प्रक्रिया भइरहेको छ ।

प्रतिक्रिया