सिडिसी नेपालको १२ औ वार्षिक साधारणसभा सम्पन्न

विदुर खबर २०७७ असोज १७ गते १८:१९

नुवाकोट । सामुदायिक विकास केन्द्र नेपाल (सिडिसी)  को १२ औ वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।

Advertisement

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तामान तामाङले सिडिसी नेपालले गरेको कामहरु नुवाकोटमै उत्कृष्ट भएको बताए । जिसस प्रमुख तामाङले आगामी दिनमा सिडिसीको कार्यक्षेत्र विस्तार गरि नुवाकोट र रसुवामा मात्र केन्द्रित नभई बाग्मति प्रदेशभर नै उत्कृष्ट बनाउनुपर्ने बताए । उनले कोभिड १९ पश्चात सिडिसीको भुमिका बढ्नुपर्ने भन्दै समाजका प्रत्येक घटना र विकृतिमा सिडिसीले महत्वपुर्ण भुमिका खेल्नुपर्ने बताए ।

त्यस्तै कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटकी उपप्रमुख अप्सरा थापाले सिसडसी नेपाल आवाजविहिनहरुको आवाज बनेको भन्दै प्रशंसा गरिन् । उनले सिडिसीले महिला र बालबालिकाका क्षेत्रमा समेत अझै धेरै काम गर्न बाँकी रहेको बताइन् ।
त्यस्तै कार्यक्रममा उपभोत्ता हित संरक्षण मञ्च नुवाकोटका अध्यक्ष इन्द्र पण्डितले जिल्लामा रहेका गैर सरकारीसंस्थामध्ये नुवाकोट र रसुवामा कार्यक्षेत्र रहेको सिडिसीले समाज परिवर्तन गर्नमा प्रभावकारी भुमिका खेलेको बताए । उनले अन्य संस्थाहरुले पनि सिडिसीसँग सिक्नुपर्ने बताए ।

Advertisement

कार्यक्रममा सिडिसी नेपालका अध्यक्ष नारायण प्रसाद नेपालले विभिन्न दातृ निकायको सहयोगमा आफुहरुले नुवाकोट र रसुवाको २ नगरपालिका र १२ ओटा गाउँपालिकामा विभिन्न कार्यक्रमहरु संचालन गरिरहेका जानकारी दिए । सिडिसी नेपालको विभिन्न कार्यक्रम मार्फत नुवाकोट र रसुवाका दुई नगरपालिका र १२ गाउँपालिकाका झण्डै एक लाख १५ हजार जना प्रत्यक्ष लाभान्वित भएको सिडिसी नेपालले जनाएको छ ।

१२ औ साधारणसभाको अवसर पारेर विभिन्न क्षेत्रम योगदान पुराउने व्यक्तिहरुलाई समेत सम्मान गरिएको छ । साधारणसभामा विभिन्न सरोकारवाला व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

Advertisement

वि.स. २०६५ सालमा स्थापना भई विदुर नगरपालिका वडा नम्बर २ मा कार्यालय रहेको सिडिसी नेपालले स्वावलम्बी र आत्मनिर्भर समाज निर्माणको परिकल्पना गर्दै काम गर्दै आएको छ । सिडिसी नेपालले गरेको काम जिल्लाकै उत्कृष्ठ भएको र सो संस्थाले गरेको काम अन्य गैर सरकारी संस्थाहरुले पनि सिको गर्नुपर्ने कार्यक्रममा सहमागि सरोकारवालाहरुले बताएका छन् ।

प्रतिक्रिया