आजदेखि अनलाईन कारोबार,तपाईले लिनुभयो त युजर आइडी ?

विदुर खबर २०७५ साउन १ गते २:२०

नुवाकोट,नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले साउन १ गतेदेखि पूर्ण स्वचालित प्रणालीको परिक्षण सञ्चालन गर्ने भएको छ । आर्थिक बर्ष ०७५/७६ को पहिलो दिनदेखि सेयर बजारमा अनलाईन कारोवार सुरु गर्न लागेको हो ।

Advertisement

नेपाल स्टक एक्सचेन्जको योजनाअनुसार साउन १ गतेदेखि अनलाई कारोवार परीक्षण रुपमा सुरु हुँदै छ ।सोही अनुसार सबै ब्रोकरले अनलाईन कारोवार सुरु गर्ने नेप्सेले बताएको छ ।

नेप्सेले लगानीकर्ता, सदस्य दलाल, नियामक निकाय, सञ्चारकर्मी लगायत सरोकारवालालाई यस्तो जानकारी गराएको हो । योसँगै लगानीकर्ताले अब घर वा अफिसमा नै बसेर नेप्सेमा सूचिकृत कम्पनीको शेयर खरिदबिक्री गर्न सक्नेछन् । अभियान दैनिकबाट ।

Advertisement

प्रतिक्रिया