नेपाल निजामति कर्मचारी संगठन नुवाकोटका पदाधिकारीका सपथ
नुवाकोट । नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्य समिति नुवाकोटका पदाधिकारीहरुको बिहिबार सपथग्रहण गरिएको छ ।
विदुरमा आयोजित सपथग्रहण कार्यक्रममा संगठनका नवनिर्वाचित पादाधिकारीहरुलाई नेपाल निजामति कर्मचारी संगठनका केन्द्रिय अध्यक्ष केदार प्रसाद देवकोटाले सामुहिक रुपमा सपथ गराएका थिए । सपथ ग्रहण कार्यक्रममा केन्द्रिय उपाध्यक्ष तथा वाग्मती प्रदेश इन्चार्ज सरणकुमार गुरुङ, काठमाडौं जिल्ला आधिकारिक ट्रेड युनियनका अध्यक्ष ध्रुव कार्की, नेकपा बागमती प्रदेश कमिटीका सदस्य नेतृ विन्दा ढुंगाना, आधिकारिक ट्रेड युनियन नुवाकोटका निवर्तमान अध्यक्ष तथा नेनिकस नुवाकोटका पूर्व अध्यक्ष गोपाल बहादुर सापकोटा लगाएतको उपस्थिति रहेको थियो ।
नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्य समितिका पदाधिकारीहरुको पद लामो समयदेखि रित्त रहेकोले यहि असोज १ गते पुस्कर शर्मा रिमालको नेतृत्वमा १३ सदस्यीय कार्य समित चयन गरिएको थियो । सपथ ग्रहण कार्यक्रममा बोल्दै नेपाल निजामति कर्मचारी संगठनका केन्द्रिय अध्यक्ष केदार प्रसाद देवकोटाले नव निर्वाचित संगठनका पादधिकारीहरुले निजामति कर्मचारीको हक हितमा रहेर काम गर्ने विश्वास लिएको बताए । त्यस्तै नेकपा बाग्मति प्रदेश कमिटिकी सदस्य बृन्दा ढुङ्गानाले जिल्लामा रहेका कार्य समितिका पदाधिकारीहरु सरुवा भई अन्यत्र गएकोले रित्त रहेको कार्य समितिले लामो समयपछि पदाधिकारी पाएको भन्दै खुशी व्यक्त गरिन् ।
त्यस्तै नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्य समिति नुवाको अध्यक्ष पुस्कर शर्माले समस्त कर्मचारीहरुको हकहित र राज्यले अंगिकार गरेको समृद्ध नेपाल सुखी नेपालीको सपनालाई साकार पार्न र सुशासन कायम गराउन प्रयत्न गर्ने प्रतिवद्धता जनाए । उनले कुशल प्रशासन निर्माणको लागि सबै पक्षबाट आफुले साथको अपेक्षा गरेको बताए ।
सम्बन्धित समाचार
निजामती कर्मचारी संगठन नुवाकोटको अध्यक्षमा शर्मा
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते





प्रतिक्रिया