निजामती कर्मचारी संगठन नुवाकोटको अध्यक्षमा शर्मा

विदुर खबर २०७७ असोज २ गते ९:०३

नुवाकोट । विदुर नगरपालिकाका वरिष्ठ कार्यक्रम अधिकृत पुष्कल शर्मा रिमालको अध्यक्षतामा नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति नुवाकोटको नयाँ कार्य समिति निर्माण भएको छ ।

Advertisement

नेपाल निजामती कर्मचारी संगठनमा आवद्ध कर्मचारीहरुको विहिवारको भेलाले शर्मालाई अध्यक्षको जिम्मेवारी दिइएको हो । नयाँ कार्य समितिको उपाध्यक्षमा सरला श्रेष्ठ, सचिवमा प्रेमबहादुर लामा, सहसचिवमा माधवप्रसाद पाण्डे र कोषाध्यक्षमा पार्वता बोहोरा रहेका छन् ।

यस्तै सदस्यहरुमा नवराज कार्की, खडानन्द घिमिरे, पुष्पवहादुर वस्नेत, रामवहादुर खड्का, चन्द्र प्रकाश शर्मा, किरण डंगोल, रामहरी खनाल, भैरव घिमिरे, नारायण जी राई, सुन्दर भण्डारी, दिवाकर न्यौपाने, लिलवहादुर श्रेष्ठ र केशरमणी पन्थी रहेका छन् ।

Advertisement

पूनर्गठित समितिका अध्यक्ष शर्माले समस्त कर्मचारीहरुको हक हित र राज्यले अंगिकार गरेको समृद्ध नेपाल सुखी नेपालीको सपनालाई साकार पार्न र सुशासन कायम गराउन प्रयत्न गर्ने प्रतिवद्धता जनाउनुभएको छ । कुशल प्रशासन निर्माणको लागि सबै पक्षबाट साथको अपेक्षा गरेको समेत उहाँले बताउनुभएको छ ।

प्रतिक्रिया