बैंक अफ काठमाण्डूले १६ प्रतिशत लाभान्स दिने
विदुर खबर
२०७७ असोज १५ गते १०:४९

नुवाकोट । बैंक अफ काठमांडूले लाभांश घोषणा गरेको छ । बैंकको बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
जस अनुसार बैंकले १३ प्रतिशत बोनस शेयार र कर प्रयोजनको लागि समेत ३ प्रतिशत नगद गरि कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिए पछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।
सम्बन्धित
प्रतिक्रिया