कक्षा १२ को परीक्षा भगबानको ईच्छा !
नुवाकोट । १२ कक्षाको परीक्षा कहिले हुने, कसरी हुने कि नहुने, अब भगबानलाई मात्र थाहा छ । सरकार वा शिक्षा मन्त्रालय केही बोल्दैन । दुई साताअघि राष्ट्रिय परीक्षा बोर्डले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेललाई परीक्षा सञ्चालनको मोडल र विकल्पसहित प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनको विषयमा पनि मन्त्रालयले कुनै चासो देखाएको छैन ।

मन्त्री पोखरेलले मन्त्रिपरिषद्बाट निर्णय गरी परीक्षा सञ्चालन गर्ने बाटो खोल्नुपर्नेमा उहाँ मौनधारण गरेर बस्नुभएको छ । परीक्षा सञ्चालन गर्न अनुमति पाउने पर्खाइमा रहेको बोर्डले दुई साता बितिसक्दापनि कुनै निर्णय पाउन सकेको छैन । लकडाउन खुलेसंगै हवाई र सडक यातायात सञ्चालन भैसकेको, सबै होटेल र रेष्टुरेन्ट खुलिसकेको, बजार–व्यापान पनि चलायमान बन्दैगएको अवस्थामा मावि तहको अन्तिम कक्षा १२ को परीक्षा मात्र रोक्नु बुझ्न नसक्ने विषय बनेको छ ।
समयैमा निर्णय नगर्दा उच्च शिक्षा अध्ययन गर्ने तयारीमा रहेका करिब ४ लाख २६ हजार विद्यार्थीको भविष्य अन्योल भएको छ । केही विश्वविद्यालयले अनलाइन परीक्षा सञ्चालन गरेर शैक्षिक सत्र अघि बढाइसकेको छन् । तर सरकार अनिर्णयको बन्दी बनिदिएका कारण स्थिति भगवान भरोसेमा पुगेको हो । बोर्डले घरमै अनलाइनमार्फत प्रश्नपत्र पु¥याएर (ओपनबुक), विद्यालयमै परीक्षा केन्द्र (होम सेन्टर) कायम गरी ५० देखि सय विद्यार्थी राखेर १ हजार ८ सय ५० विद्यालयमा पहिलो र अन्य जिल्लामा दोस्रो र तेस्रो चरणमा र ४०–४० अंक ११ र १२ को परीक्षा र २० अंक प्रयोगातत्मक अंकभार कायम गरी परीक्षा लिनसक्ने विकल्पसहित प्रतिवेदन बुझाएको थियो ।
विषेशगरी हिमाली र पहाडी जिल्लाका अधिकांश विद्यालयमा सय भन्दा कम विद्यार्थी अध्ययन गरिरहेका छन् । तथ्याङ्कअनुसार ५० देखि सय विद्यार्थी अध्ययन गर्ने १ हजार र ५० जनासम्म विद्यार्थी भएका करिब ८ सय ५० विद्यालय छन् । तीमध्ये वागमती प्रदेशमा सयसम्म विद्यार्थी अध्ययन गर्ने विद्यालयको संख्या करिब ५ सय छ ।
प्रतिवेदनलाई आधार मानेर मन्त्रालयले परीक्षा सञ्चालन गर्न अनुमति दिनुपर्नेमा सो हुन सकेको छैन । मन्त्री पोखरेलले विकल्प सहितको प्रस्ताव मन्त्रिपरिषद्मा नलगेको कारण परीक्षा गर्ने वा नगर्ने विषयमा अन्योल देखिएको हो । मन्त्रालय एसईईकै मोडलमा कक्षा १२ को परीक्षा सक्ने ध्याउन्नमा रहेको तर यस सोचको सबैतिरबाट विरोध भएको बुझिएको छ ।
यसअघि विद्यालयको आन्तरिक मुल्याङकनको आधारमा विद्यालयबाटै नम्बर दिएर एसईई को परीक्षाफल प्रकाशित गर्दा विद्यालयको आलोचना भएका थियो । बोर्डले यो विधिबाट परीक्षा लिनै नहुने अडान राखेको छ । सो प्रस्ताव तत्काल पारित गरी जुनसुकै विकल्पबाट भएपनि परीक्षा लिने बाटो खुला गर्नु उपयुक्त हुन्छ । नत्र सरकार र बोर्डका विरुद्धमा विद्यार्थी सडक आन्दोलनमा उत्रिन बाध्य हुने अवस्था आउनसक्छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













देउवा दम्पती थप उपचारका लागि आज सिंगापुर जाँदै
मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै





प्रतिक्रिया