नेकपा सचिवालय बैठक : अध्यक्षद्वयलाई मन्त्रिमण्डल पुनर्गठनको जिम्मा
नुवाकोट । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले मन्त्रिमण्डल पुनर्गठनको निर्णय गर्ने अधिकार पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ ।
सचिवालयको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले प्रस्तुत गरेको तीन विकल्पको आधारमा मापदण्ड तय गर्न नसकेपछि दुई अध्यक्षले सहमति गरेर मन्त्रिमण्डल पुनर्गठन गरिने भएको छ । सचिवालय बैठकमा मन्त्रिमण्डल पुनर्गठनको एजेण्डा पहिलो नम्बरमा राखिए पनि ठोस निर्णय हुन सकेन । मन्त्रिमण्डल पुनर्गठनको विषयमा सोमवार अध्यक्षद्धय ओली र प्रचण्डबीच छलफल भएर उक्त एजेण्डामा प्रवेश नै नगरेको बताइएको छ । सचिवालयका एक सदस्यका अनुसार मन्त्रिमण्डल पुनर्गठनको विषयमा अध्यक्षद्धयले सहमति कायम गरेर निर्णय गर्ने अधिकार दिइएको छ । त्यसैगरी बैठकले पार्टीको सांगठनिक एकीकरणका बाँकी कामलाई पूरा गर्नका लागि १० दिनभित्र कार्ययोजना बनाउन अध्यक्षद्वय ओली प्रचण्डका साथै महासचिव विष्णु पौडेललाई जिम्मेवारी दिएको छ ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले कार्ययोजनाबारे फेरि सचिवालयमा छलफल गरेर निष्कर्षमा पुग्ने तय गरेको छ । पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकले संवैधानिक आयोगमा रिक्त रहेका पदपूर्तिका साथै राजनीतिक नियुक्ति पनि छिटो गरिसक्न सरकारलाई आग्रह गरेको बताउनुभयो । संवैधानिक परिषद्को छिटो बैठक गरेर रिक्त रहेको ठाउँमा तत्काल पदपूर्ति गर्न प्रधानमन्त्री ओलीलाई बैठकले आग्रह गरेको उहाँको भनाई थियो । बाँकी रहेका विविध एजेन्डामा २–३ दिन भित्र बैठक बसेर छलफल र निर्णय गरिने बताउदै उहाँले मन्त्रिमण्डल पुनर्गठनका लागि मापदण्ड तयार गर्ने अपेक्षा गरिएको कुनै निर्णय नभएको बताउनुभयो ।
|
प्रवक्ता श्रेष्ठले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनयन गरिएकोमा सर्वोच्चमा रिट परेको विषयमा सरकारलाई सर्वोच्चबाट जानकारी आइनसकेको जानकारी दिदै औपचारिक जानकारी आएपछि कसरी अघि बढ्ने भन्नेमा आवश्यक छलफल र निर्णय लिइने बताउनुभयो । कुलमान घिसिङको पुनः नियुक्तिको विषयमा राखिएको जिज्ञासामा प्रवक्ता श्रेष्ठले सचिवालय बैठकमा घिसिङको बारेमा कुनै छलफल नभएको जानकारी दिनुभयो ।
मन्त्रिमण्डल पुनर्गठन गर्ने विषय प्रवेश भएसँगै प्रधानमन्त्री निवास वालुवाटा र प्रचण्ड निवास खुमलटारमा हाल मन्त्री रहेकाहरुले निरन्तरतताका लागि नयाँले नियुक्तिका लागि दौडधुप थालेका छन् । गत आइतवार पार्टी कार्यालय पेरिसडाँडामा सचिवालयको बैठक बसेपनि पार्टीको बैठक पुनः प्रधानमन्त्री निवासमै बस्न लागेको समाचार आजको समाचारपत्र दैनिकले छापेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिता आजबाट शुरु हुँदै
निर्वाचन प्रहरीको हतियार,बेतको लौरो
आज प्रणय दिवस, विश्वभर प्रेम साटासाट गरी मनाइँदै
नुवाकोटको बेलकोटमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु
नुवाकोटका तामाङ पक्राउ





प्रतिक्रिया