नुवाकोट प्रहरीले वर्डस्टोनसहित आधा दर्जन क्रसरमा ताला लगायो

नुवाकोट । नुवाकोट प्रहरीले जिल्लाको तादी र त्रिशुली खोलामा अवैध रुपमा संचालन भएको वर्डस्टोन क्रसरसहित आधा दर्जन क्रसरमा शिल गरेको छ ।
प्रहरीले सर्बोच्च अदालत आदेश अनुसार जिल्लामा मापदण्ड बिपरित संञ्चालित पाँच क्रसरहरु शिल गरेको जनाएको छ ।
आईतबार नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी बद्रनिाथ गैरैको नेतृत्वमा गठन गरिएको अनुगमन तथा छानबिन टोलिले तादि खोलाको किनारमा संञ्चालित रहेका क्रसरहरु अनुगमन गर्ने क्षेत्रपाल क्रसर, तादी गाउँपालिका वडा नम्बर १ मा रहेको सुर्यकुण्ड रोडा ढुङ्गा उद्योग प्रा.लि., तादी गाउँपालिका वडा नम्बर ३ मा रहेको दुप्चेश्वर रोडा ढुङ्गा क्रसर उद्योग प्रा.लि.र पंञ्चकन्या गाउँपालिक वडा नम्बर २ मा रहेको नेस्नल लाईभ एण्ड स्टोन कम्पनी प्रा.लिमा प्रहरीले ताला लगाएको हो ।

अवैध रुपमा संचालित वर्डस्टोन क्रसर ।
यसअघि नुवाकोट प्रहरीले विदुर नगरपालिका वडा नम्बर ५ मा रहेको वर्डस्टोन क्रसर अवैध रुपमा संचालन भएको भन्दै शिल गरेको थियो । सर्वाेच्च अदालतले जिल्लमा अवैध रुपमा रहेका क्रसरहरु बन्द गर्न निर्देशन दिएपनि वर्डस्टोन क्रसरले भुकम्पपिडित र सडक आयोजनाको नाममा लामो समयदेखि खोला दोहन गरेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वयम्भूबाट ७० लाख नगद र सुनका गहनासहित दुई जना पक्राउ
भारतमा कृत्रिम वर्षाका लागि क्लाउड सिडिङ
काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन अन्तिम चरणमा
धादिङमा केराको विषयमा विवाद हुँदा छोराले गरे बाबुमाथि बन्चरो प्रहार
आत्मदाह प्रयास गरेकी रसुवाकी पौडेलको मृत्यु





प्रतिक्रिया