नेपालमा एकैदिन दुई हजार कोरोना संक्रमित थपिए

विदुर खबर २०७७ असोज २ गते १७:२०

नुवाकोट । नेपालमा एकैदिन २ हजार कोरोना संक्रमित थपिएका छन् ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार २० जनामा कोरोना संक्रमित भेटिएका हुन् । यससँगै नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ६१ हजार पाँच सय ९३ पुगेकाे छ ।

गएको २४ घण्टामा ११ हजार चार सय ५८ जनाकाे पीसीआर परीक्षण गर्दा दुई हजार २० जनामा सङ्क्रमण देखिएकाे हाे । गएकाे २४ घण्टामा आठ सय ७१ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ४३ हजार आठ सय २० पुगेको छ ।

Advertisement

अब नेपालमा १७ हजार तीन सय ८३ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै सात हजार सात सय ३६ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा सात जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन सय ९० पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

Advertisement

 

प्रतिक्रिया