हाम्रो विकास बैंकलाई ज्योति विकास बैंकले खरिद गर्ने

विदुर खबर २०७५ असार ३२ गते १५:२५

विदुर÷नुवाकोटमा केन्द्रीय कार्यालय रहेको हाम्रो विकास बैंकलाई ज्योति विकास बैंकले खरिद गर्ने भएको छ । दुबै बैंकबीच एक्वायर सम्झौतामा हिजो हस्ताक्षर भएको हो । यससँगै हाम्रो विकास बैंकको सेयर कारोबार आजदेखि नै रोकिएको छ ।

Advertisement

ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले असार ३१ गते हिजो हाम्रो विकास बैंकलाई खरिद गर्ने सम्झौता गरिएको बताउनुभएको छ । ज्ञवालीले सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन पश्चात मात्र स्वाप रेसियो निर्धारण हुने बताउनुभएको छ । हाम्रो विकास बैंकको चुक्त्ता पूँजी ४९ करोड २२ लाख रुपैयाँ रहेको छ ।

Advertisement

ज्योति विकास बैंकले भने यसअघि नै राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पुँजी पुर्याइसकेको छ । बैंकको चुक्ता पुँजी २ अर्ब ५९ करोड ३६ लाख रुपैयाँ रहेको छ । हाम्रो विकास बैंकलाई एक्वायर पश्चात ज्योतिको चुक्ता पूँजी ३ अर्ब रुपैया बढी नाघ्नेछ ।

प्रतिक्रिया