प्रधानमन्त्री ओली मन्त्रि फेर्ने तयारीमा, को होलान ईन र आउट ?
नुवाकोट । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री परिषदको पुनर्गठन गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री ओलीले सरकार गठन भएदेखि नै मन्त्री भएकालाई विदा गरी उक्त ठाउँमा नयाँ अनुहार ल्याउने योजना सहित मन्त्री परिषद पुनर्गठन गर्न लागेका हुन् ।
मन्त्री परिषदको पुनर्गठनका लागि प्रधानमन्त्री ओलीले आफू निकट नेतासँगको छलफललाई तिब्रता दिएका छन् । प्रधानमन्त्री ओलीले आफ्ना विश्वासनीय नेता तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, पूर्व अर्थमन्त्री डा.युवराज खतिवडा लगायतका नेतासँग छलफल थालेको बालुवाटार स्रोतले जनाएको छ ।
दशैंअघि नै मन्त्री परिषदको पुनगर्ठन हुने सम्भावना रहेको छ । प्रधानमन्त्री ओलीले पुराना मन्त्रीहरुलाई विदा दिएर त्यसको ठाउँमा नयाँ अनुहार ल्याउने गरी काम थालेको बालुवाटार स्रोतको भनाइ छ ।
प्रधानमन्त्री ओलीले आफ्ना विश्वास पात्र पौडेललाई अर्थमन्त्रालयको जिम्मेवारी दिने मनस्थिति बनाएका थिए । तर, उनले महाधिवेशनको समय नजिकिदै आएकाले आफू त्यतातिर केन्द्रीत हुनु परेकोले अर्थमन्त्रीको जिम्मेबारीमा बस्न नसक्ने बताएपछि प्रधानमन्त्री ओली उक्त मन्त्रालयको जिम्मेबारी समेत आफै राख्दै आएका छन् । तर, यसरी अर्थमन्त्रालयको जिम्मेबारी आफैमा राख्दा प्रतिउत्पादक हुने ठहर उनको छ ।
पौडेलले अर्थमन्त्री हुने चाहना नराखेपछि प्रधानमन्त्री ओली दोधारमा परेका हुन् । बालुबाट स्रोतका अनुसार, प्रधानमन्त्री ओली अहिलेसम्म अर्थमन्त्री कसलाई बनाउने भन्नेमा निस्कर्षमा पुग्न सकेका छैनन् । प्रधानमन्त्री ओलीले उपयुक्त पात्र नभएसम्मका लागि पूर्व अर्थमन्त्री खतिवडालाई प्रमुख आर्थिक सल्लाहकार रुपमा राख्ने र उनैको सल्लाह अनुसार अर्थमन्त्रालय सञ्चालन गर्ने तयारी गरेपनि सधैका लागि यो सम्भव नभएको बताउन थालेका छन ।
अर्थमन्त्रीको दावेदारका रुपमा पूर्व एमालेबाट सुरेन्द्र पाण्डे र पूर्व माओवादीबाट जनार्दन शर्माको नाम आएपनि प्रधानमन्त्री ओलीकोे चाहना दुवैलाई नबनाउने भन्ने छ । पाण्डे र शर्मा दुवै विश्वासनीय पात्र नभएकाले अर्थमन्त्री दिन नसकिने निष्कर्षमा प्रधानमन्त्री ओली पुगेको बालुवाट स्रोतको भनाइ छ । तर, पाण्डेले आफू अर्थमन्त्री हुन नपाए सरकारमा सहभागी नहुने जनाएकाे स्राेतकाे भनाइ छ ।
‘प्रधानमन्त्री ओलीले बरु अर्थमन्त्रीको जिम्मेवारी ईश्वर पोखरेल वा प्रदीप ज्ञवालीलाई दिन सक्छन । तर, पाण्डे र शर्मालाई दिन सक्दैनन्,’ बालुवाटार स्रोतको भनाइ छ ।सोमबार बसेको मन्त्री परिषदको बैठकले प्रधानमन्त्री ओलीको चाहना विपरित बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनित गर्नका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ । बामदेव र नारायणकाजीले मन्त्री बन्ने आकांक्षा राखेका छन् । उनीहरूलाई कहाँ समेटने भन्ने समस्या पनि प्रधानमन्त्री ओलीलाई छ ।
यता, पूर्व माओबादीबाट पम्फा भुसाल,जनर्दन शर्मा, पूर्व एमालेबाट विरोध खतिवडा, महेश बस्नेत, प्रेम आलेलाइ मन्त्री बनाउनु पर्छ भन्ने दवाव सिर्जना भएको छ । प्रधानमन्त्री ओलीका विश्वास पात्र महेश बस्नेतलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनाइने चर्चा पनि चलेको छ ।
अहिले नेकपाका अर्को अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ईश्वर पोखरेल र वादलसहितलाई बिदा गरेर नयाँ मापदण्डसहित क्याबिनेट पुनर्गठन हुनुपर्ने अडान राख्दै आएको बालुवाटार स्रोत बताउँछ । तर, ओलीले आफूलाई साथ दिएका पोखरेललाई बिदा गर्न चाहेका छैनन् । प्रधानमन्त्री ओली पार्टीभित्रको सन्तुलन र आगामी महाधिवेशनलाई समेत ध्यानमा राखेर मन्त्रीपरिषद हेरफेर गर्ने तयारीमा रहेको उनका निकटहरु बताउँछन् ।
दशैअघि नै पुनर्गठन हुनसक्ने अनुमान प्रधानमन्त्री निकटहरु बताउन थालेका छन् । प्रधानमन्त्री ओलीले सरकारको प्रवक्ताको जिम्मेवारी प्रदीप ज्ञवाली दिएका छन् । प्रधानमन्त्री ओली आफू निकटलाई जिम्मेबारी थप्दै जाने र अरु नेता निकटलाई पन्छाउँदै जाने तयारीमा रहेको बुझिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया