सेयर बजारमा सामान्य करेक्सन

विदुर खबर २०७७ भदौ ३० गते १५:४७

नुवाकोट । सेयर बजारमा मंगलबार सामान्य करेक्सन भएको छ ।

Advertisement

मंगलवार शेयर बजार ४ दशमलव ४७ अंक घटेको छ । कारोबारको दोस्रो घण्टासम्म बढेको बजार त्यसपश्चात भने घटेको हो ।यस दिन नेप्से परिसूचक १ हजार ५३६ दशमलव शून्य ३ विन्दुमा झरेको छ । सोमवार ३ दशमलव २६ अंक बढेर १ हजार ५४० दशमलव ५१ विन्दुमा बजार बन्द भएको थियो । अघिल्लो कारोबार दिनको तुलनामा सोमवार परिसूचकसँगै कारोबार रकममा पनि कमि आएको छ । सोमवार रू. ३ अर्ब २१ करोड ४ लाख ७९ हजार बराबरको शेयर खरीदविक्री भएको थियो ।

मंगलवार भने रू. १ अर्ब ८० करोड १ लाख ९७ हजार बराबरको शेयर कारोबार भएको छ । यस दिन १९१ ओटा कम्पनीको २८ हजार १४४ पटकको व्यापारमा उक्त रकम बराबरको ५७ लाख २३ हजार ५६३ कित्ता शेयर कारोबार भएको हो ।

Advertisement

मंगलवार पनि नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस दिन उक्त कम्पनीको रू. ११ करोड २१ लाख ८२ हजार बराबरको शेयर कारोबार भएको हो । यो दिन ५० ओटा कम्पनीको शेयरमूल्य बढ्दा दिव्यश्वरी हाइड्रोपावरको १० प्रतिशतले शेयरमूल्य बढेको छ ।

त्यस्तै एनआरएन लघुवित्तको ९ दशमलव ९२ प्रतिशत, रिलायन्स लाइफ इन्स्योरेन्सको ९ दशमलव ८६ प्रतिशत, खाँनीखोला हाइड्रोपावरको ९ दशमलव ८४ प्रतिशत र घलेम्दी हाइड्रोको ९ दशमलव ५९ प्रतिशत शेयरमूल्य बढेको हो । यस दिन सर्वाधिक शेयरमूल्य माउण्टेन हाइड्रो र राधी विद्युत कम्पनीको घटेको छ ।

Advertisement

माउण्टेन हाइड्रोको ४ दशमलव ८५ प्रतिशत र राधी विद्युतको ४ दशमलव शून्य २ प्रतिशत शेयरमूल्य घटेको हो । लगातार पाँच दिनदेखि बढेको बजारमा नाफा बुक गर्न लगानीकर्ताहरु सक्रिय हुँदा मंगलवार बजार करेक्सन भएको देखिन्छ ।

मंगलवार कारोबारमा आएका १२  ओटा समूहमध्ये म्युचुअल फण्डको शून्य दशमलव ३८ प्रतिशत, जीवन बीमा समूहको शून्य दशमलव १८ प्रतिशत र होटल समूहको शून्य दशमलव ५९ प्रतिशत बढेको छ भने बाँकी समूहको घटेको छ ।

यस दिन बैंकिङ समूहको शून्य दशमलव २४ प्रतिशत, व्यापारिक समूहको १ दशमलव ३७ प्रतिशत, विकास बैंकको शून्य दशमलव ८२ प्रतिशत, जलविद्युतको शून्य दशमलव ७१ प्रतिशत, वित्तको शून्य दशमलव ३६ प्रतिशत, निर्जीवन बीमा समूहको शून्य दशमलव शून्य ४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ४१ प्रतिशत, अन्यको शून्य दशमलव ७३ प्रतिशत र जलवित्तको शून्य दशमलव १५ प्रतिशत परिसूचक घटेको छ ।

प्रतिक्रिया