असोज ५ गतेदेखि लामो दूरीका यातायात खुला गर्ने सरकारको निर्णय
विदुर खबर
२०७७ भदौ ३० गते ९:०९

नुवाकोट । असोज ५ गतेदेखि हवाई उडान र लामो दुरीका सार्वजनिक यातायात सञ्चालन हुने भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले हवाई उडान र लामो दुरीका सार्वजनिक यातायात पुनः सञ्चालन गर्ने निर्णय गरेको हो ।
स्वास्थ्य मापदण्ड अपनाएर हवाई उडान र लामो दुरीका सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय भएको एक मन्त्रीले बताए । साथै मन्त्रिपरिषदको बैठकले नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनाेनयनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुननियुक्ति गर्ने बिषयले प्राथमिकता नपाएको ती मन्त्रीले बताए ।
सम्बन्धित
प्रतिक्रिया