नुवाकोटमा सम्बन्ध बिच्छेदका मुद्धाको संख्या बढ्दो, न्यायिक समितिमा ५३ वटा मुद्धा दर्ता

विदुर खबर २०७५ असार ३२ गते १४:५५

विदुर÷पछिल्लो समय नुवाकोट लगायत देशभरै सम्बन्ध बिच्छेदका मुद्धाको संख्या बढ्दै गएको छ । यसको पछिल्लो उदाहरण विदुर नगरपालिकाको न्यायिक समितिमा परेको उजुरीले समेत प्रष्ट पारेको छ ।

Advertisement

विदुर नगरपालिकाको न्यायिक समितिमा आर्थिक वर्ष २०७४÷७५ मा दर्ता भएको ५३ वटा मुद्धामध्ये सम्बन्ध बिच्छेदका मुद्धा मात्रै १३ वटा दर्ता भएको विदुर नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिकी अध्यक्ष गिता दाहाल अर्यालले बताउनुभएको छ । विदुर नगरपालिकाका उपप्रमुख दाहालले समितिमा परेको १३ वटा समबन्ध बिच्छेदका मुद्धामध्ये तीनवटा मुद्धालाई मिलापत्र गराई पठाइएको बताउनुभएको छ । विदुर नगरपालिकाको न्यायिक समितिमा दर्ता भएका मुद्धाहरुमध्ये ३३ वटा मुद्धाको फछौट गरेको विदुर नगरपालिको उपप्रमुख न्यायिक समितिले जनाएको छ । उपमेयर दाहालले मिलापत्र गर्न सक्ने मुद्धालाई मिलाएको र नसक्ने मुद्धालाई अदातल पठाएको बताउनुभएको छ । उहाँले भूकम्प गए पश्चात घरजग्गा र खानेपानी सम्बन्धि मुद्धा ब्यापक मात्रामा आउने गरेको जानकारी दिनुभएको छ ।

जिल्ला अदालत नुवाकोटमा पनि पछिल्लो समय सम्बन्ध बिच्छेदका मुदामा वृद्धि भएको जिल्ला अदालत नुवाकोटले जनाएको छ । पछिल्लो समय सामाजिक संजाल फेसबुक, भाइबर, टुईटर लगायतले सम्बन्ध बिच्छेदका घटनामा वृद्धि भएको नुवाकोट बारका अध्यक्ष देवराज कडेलले बताउनुभएको छ । नेपालको संविधान २०७२ अनुसार नगरपालिका वा गाउँपालिकामा न्याय समितिको संयोजक उपप्रमुख रहने व्यवस्था गरिएको छ ।

Advertisement

प्रतिक्रिया