सरकारको निर्देशन लत्याउँदै नेकपा नुवाकोट, विदुर कमिटिको सपथग्रहण

विदुर खबर २०७७ भदौ २८ गते ९:२१

नुवाकोट । केन्द्र र प्रदेश सरकारको निर्देशन लत्याउँदै नेकपा नुवाकोटले सार्वजनिक कार्यक्रम आयोजना गरेको छ ।

Advertisement

केन्द्र र प्रदेश सरकारको आफ्नै निर्णयलाई लत्याउँदै नेकपा नुवाकोटले शनिवार नेकपा विदुर नगरकमिटिको सपथग्रहण गराएको हो । सरकारले कोरोना भाइरसको संक्रमणका कारण जोखिम बढेको भन्दै कुनैपनि सार्वजनिक कार्यक्रम नगर्न सबै राजनितिक दल, सरोकारवाला निकाय र आम नागरिकहरुलाई आग्रह गरेको थियो । तर नेकपा नुवाकोटले भने आफ्नै पार्टीको सरकारको निर्णय लत्याउँदै सरकारलाई चुनौती दिएको छ ।

कोरोना कहरकाविच नै शनिवार ढुङ्गेमा एक कार्यक्रमको आयोजना गर्दे राजकु्मार श्रेष्ठको नेतृत्वमा ९० सदस्यीय किमिटिको सपथग्रहण गराइएको हो । कार्यक्रममा  प्रतिनिधि सभा सदस्य हित वहादुर तामाङ ,नारायण प्रसाद खतिवडा वागमति प्रदेशका समाजिक विकास मन्त्री युवराज दुलाल,केन्द्रीय सदस्य विमला सुवेदी ,नेकपा नुवाकोटका अध्यक्ष  हिरानाथ खतिवडा,बागमती प्रदेशसभाका सदस्य केशवराज पाण्डे,,बागमती प्रदेश कमिटीका सदस्य रामशरण प्याकुरेल, सुर्य वहादुर कडेल,पुष्प लामिछाने,ठाकुर गजुरेल नेतृहरू विन्दा ढुंगाना, सुभद्रा नेपाल लगायतको उपस्थिति रहेको थियो ।

Advertisement

प्रतिक्रिया