आज देशभर थप १४ सय ५४ संक्रमित, नौ सय ७२ जना निको भए

विदुर खबर २०७७ भदौ २६ गते १६:२९

नुवाकोट ।  पछिल्लो २४ घण्टामा देशभर गरिएका परीक्षणमा थप १४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

यो अवधिमा १० हजार सात सय एकजनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।शुक्रबारको थपसमेत देशभर हालसम्म संक्रमित हुनेको संख्या ५१ हजार नौ सय १९ पुगेको छ ।

विगत २४ घण्टामा नौ सय ७२ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । हालसम्म संक्रमणमुक्त भएर ३६ हजार ६ सय ७२ जना डिस्चार्ज भएका छन् ।

Advertisement

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमणमुक्त हुने दर ७१  प्रतिशत रहेको जानकारी दिए ।सक्रिय संक्रमितको संख्या १४ हजार नौ सय २५ छ । त्यसमध्ये आठ हजार दुई सय ९१ जना संस्थागत र ६ हजार ६ सय ३४ जना होम आइसोलेसनमा छन् ।

संक्रमितमध्ये एक सय ७० जनाको आइसियू र २५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको गौतमले बताए ।

Advertisement

प्रतिक्रिया