कुलमानलाई राख्ने वा हटाउने निर्णय गर्ने जिम्मा प्रचण्डलाई

विदुर खबर २०७७ भदौ २६ गते १४:०४

नुवाकोट । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारमा जारी स्थायी कमिटीको बैठकबाट बाहिरिएका छन्। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बैठक सञ्चालनको कार्यभार दिएर ओली बाहिरएका हुन्।   असार १० गतेबाट सुरु भएको स्थायी कमिटी बैठक यसअघि पटक पटक स्थगित हुँदै आएको थियो।

समाचार स्रोतका अनुसार आजको बैठकले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकालबारे पनि निर्णय हुने भएको छ । घिसिङबारे निर्णय गर्न प्रचण्डलाई जिम्मा दिएर ओली बैठकबाट बाहिरिएका हुन् ।

प्रतिक्रिया