उत्पादन बिक्री नभएपछि उद्योगले धमाधम मजदुर कटौती गर्दै

विदुर खबर २०७७ भदौ २६ गते ८:३८

नुवाकोट । कोरोना संक्रमणसँगै उद्योग व्यवसाय चौपट छ। उत्पादित सामानको बिक्री नै हुन छाडेको छ। माग नै कम भएपछि अधिकांश उद्योगले उत्पादन २५ प्रतिशतमा झारेका छन्।

Advertisement

महामारीमा खाद्यान्न बाहेकका उद्योग प्रभावित छन्। उत्पादित वस्तुको माग पुरानै अवस्थामा फर्किने निश्चितता नभएपछि उद्योगले धमाधम मजदुर कटौती गर्न थालेका छन्। सुनसरी–मोरङ औद्योगिक क्षेत्रका निर्माण सामग्री उत्पादन गर्ने उद्योगले उत्पादन र मजदुर धमाधम कटौती गर्न थालेका छन्।

देशभरि भइरहेको लकडाउन र निषेधाज्ञाका कारण बिक्रीमा कमी आएपछि उद्योगले मजदुर कटौती गर्न थालेका हुन्। मोरङ व्यापार संघका पूर्व अध्यक्ष एवं प्रिमियर वायरका सञ्चालक पवनकुमार शारडाले उद्योगले यही हप्ता ३० प्रतिशत मजदुर कटौती गरेको बताए। ‘यस्तै स्थिति विद्यमान भए अर्को हप्ता थप कटौती गर्न बाध्य हुनुपर्नेछ,’ उद्योगी शारडाले भने, ‘भदौ महिनादेखि सरकारका टेन्डरहरू धमाधम निस्कन थाल्थे र निर्माण सामग्रीको आपूर्तिका लागि उत्पादन गर्नुपर्थ्यो। तर यो वर्ष भदौ सकिन लाग्दा पनि एउटै टेन्डर निस्किएको छैन।’

Advertisement

प्रतिक्रिया