काठमाडौंबासीलाई ख्वाउन खाद्यले ल्याउँदैछ ६ करोडका खसीबोका र च्याङ्ग्रा ल्याउँदै

विदुर खबर २०७७ भदौ २६ गते ८:३२

Advertisement

नुवाकोट । बढ्दो कोरोना संक्रमणका कारण आर्थिक सामाजिक क्षेत्र शिथिल भए पनि नेपालीले दसैं राम्रैसँग मान्ने अनुमानमा सरकारी संस्थान खाद्य व्यवस्था तथा व्यापार कम्पनी खसीबोका र च्याङ्ग्रा किन्ने तयारीमा जुटेको छ।

महिनौंदेखि लकडाउन र निषेधाज्ञा हुँदै आर्थिक-सामाजिक गतिविधि नै ठप्पप्राय: रहँदै आएकाले काठमाडौं उपत्यकाबासीले यसपटकको दसैंमा विशेषगरी च्याङ्ग्रा नपाइने हो की भन्ने अनुमान लगाउन थालेका थिए । तर खाद्य कम्पनीले असहजताका बाबजुद खसी-च्याङ्ग्रा ल्याउने निर्णय गरेपछि उपत्यकाबासीले निराश हुनुनपर्ने भएको हो ।

Advertisement

संस्थानले दसैंका लागि तीन हजार खसीबोका र च्याङ्ग्रा ल्याउने तयारी थालेको छ। कम्पनीले ६ करोड रूपैयाँ बराबरका १६ सय खसीबोका र १४ सय वटा च्याङ्ग्रा ल्याउन लागेको हो । यसमध्ये खसीबोका खरिदका लागि ३ करोड ३८ लाख ६४ हजार र च्याङ्ग्रा किन्न २ करोड ६१ लाख रुपैयाँ विनियोजन गरिएको कम्पनीकी सूचना अधिकृत शर्मिला सुवेदीले बताइन् ।

खाद्यले अघिल्लो दसैंमा करिब ५ करोड रुपैयाँको खसीबोका र च्याङग्रा ल्याएको थियो। यो वर्ष दसैं ढिला भएकाले असोज दोस्रो साताबाट मात्रै तयारी थालिने कम्पनीकी प्रवक्ता सुवेदीले बताइन्। ‘हामीले दसैंका लागि खसीबोका बर्सेनि भित्र्याउने गरेको हो। योपटक पनि ल्याउँछौं,’  उनले भनिन्, ‘कोरोनाले गर्दा यो वर्ष अरू व्यापार त्यति उत्साहजनक हुने अवस्था नदेखिए पनि खसीबोका र च्याङ्ग्राको माग नघट्ने अनुमान छ।’

Advertisement

चाडै‌ं ल्याएर स्टक राख्न गाह्रो हुने हुँदा दसैं सुरु हुनु केही दिनअघि मात्रै कम्पनीका खसीबोका र च्याङ्ग्रा काठमाडौं आइपुग्नेछन्। दसैं सुरु हुनु धेरै दिनअघि नै किनेर राख्न उपभोक्तालाई समेत समस्या हुने भएकाले बिक्री गर्ने समयमा मात्र ल्याउने सुवेदीले बताइन्।

प्रतिक्रिया