एनएमबी बैंकको एफपीओ बाँडफाँड,तपाईलाई कति पर्यो ?

विदुर खबर २०७५ असार ३२ गते १३:३९

काठमाडौं, एनएमबि बैकको सेयर बाँडफाँड भएको छ । प्रति सेयर ३ सय ३३ रुपैया रहेको ३ अर्ब ८० करोड १२ लाख ४९ हजार २ सय ७९ रुपैया बराबारको १ करोड १४ लाख १५ हजार १ सय ६३ कित्ता सेयर २०७५ जेठ ३० मा सर्बसाधारणको लागि खुल्ला गरिएको थियो ।

Advertisement

२०७५ असार २८ मा बन्द भएको उक्त सेयरमा ६९ हजार ६ सय ४६ जनाले १ करोड १४ लाख ८३ हजार २ सय ४० कित्ताको लागि आवेदन दिएका थिए ।

जसमध्ये ६९ हजार ६ सय २६ जनाको दरखास्त मात्रै योग्य भएको छ । योग्य उम्मेदवारले १ करोड १४ लाख ७८ हजार ९ सय १० कित्ता आबेदन दिएका छन । उक्त सेयरका लागि न्युनतम १० कित्ता र अधिकतम २ लाख २५ हजार २ सय कित्ता आबेदनबाट माग गरिएको थियो ।

Advertisement

सेयर बाँडफाँड कार्यक्रममा कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले कोषले थोक बिक्रेताको रुपमा काम गर्ने तर्फ काम गरिरहेको बताए । पुँजी बजारको बिकास तथा बिस्तारमा कोषले अहम भुमिका खेलीरहेकोमा पनि उनले जोड दिए ।

प्रतिक्रिया