साउन १ गतेदेखि कर्मचारीको तलबभत्ता बैंक मार्फत गर्न निर्देशन

विदुर खबर २०७५ असार ३२ गते १३:११

श्रमिक र कर्मचारीको पारिश्रमिक एवं वित्तीय सुविधा बैंक खाता मार्फत भुक्तानी गर्ने निर्देशन दिएको छ ।

नेपाल सरकार, प्रदेश तथा स्थानीय तह, विश्वविद्यालय, नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका संस्थान, समिति, परियोजना, प्रतिष्ठान र मातहतका निकायमा काम गर्ने सबै श्रमिक तथा कर्मचारीको पारिश्रमिक एवं वित्तीय सुविधा २०७५ श्रावण १ गतेदेखि २०७५ मसान्तसम्म अनिवार्य रूपमा बैंक खाता मार्फत भूक्तानीको व्यवस्था मिलाउने निर्देशन दिएको छ ।
Advertisement

त्यस्तैगरि, बैक, वित्तीय संस्था, बीमा कम्पनी, होटल, एयरलाईन्स, ट्राभल एजेन्सी लगायत सेवा उद्योग, सहकारी संस्था र श्रमिक आपूर्तिकर्ता, सामुदायिक एवं संस्थागत शिक्षण संस्थालाई पनि अनिवार्य रुपमा पारिश्रमिक बैंक मार्फत भुक्तानीको ब्यबस्था मिलाउन सोमबार बसेको मन्त्रीपरिषद्को बैंठकले निर्णय गरेको छ ।

साथै कानून बमोजिम दर्ता भएका गैरसरकारी संघसंस्था, ट्रष्ट, कम्पनी ऐन, विशेष ऐन, गठन आदेश लगायत कानून बमोजिम गठित सबै संघ–संस्थाहरूले आफू मातहत काम गर्ने श्रमिक तथा कर्मचारीलाई २०७५ पौष मसान्तभित्र अनिवार्य रूपमा बैंक खाता मार्फत पारिश्रमिक तथा वित्तीय सुविधा भुक्तानीको व्यवस्था मिलाउने समेत निर्देशन दिएको छ ।

Advertisement

प्रतिक्रिया