आज के होला बजार ? बढ्ला वा घट्ला ? संभावना यस्तो
विदुर खबर
२०७५ असार ३२ गते ४:२८
विदुरखबर÷निरन्तर घटिरहेको सेयरबजार आज के हो भन्ने कौतुहलता लगानीकर्ताको मनलाई बेचैनी बनाएको छ ।
लगातार घटिरहेको बजारलाई आइतबार ८ अंकको झिनो वृद्धिले भएपनि लगानीकर्ता र ब्रोकरहरुलाई राहातको महसुुस गरिदिएको छ । लगातार बजार घट्दा लगानीकर्ता त मर्कामा परेका छन नै ब्रोकरहरु पनि कारोबार रमका कमि आई कार्यलयको खर्च धान्नै नसकिने अवस्थामा पुगेका छन ।
आज आर्थिक वर्ष २०७४÷७५ को अन्तिम दिन भएकोले आज बजार बढ्ने संभावना छ । किनकी बैंक तथा वित्तिय संस्थाले आज अन्तिम कारोबार गरेसँग चौथो त्रैमासिक विवरण सार्वजनिक गर्नै र केही वित्तिय सुचना चुहिसकेको कारणले पनि सबैले आज लगानी बढाउने भएकोले आज बजार बढ्ने देखिन्छ । आज बजारमा विशेष गरि बैक तथा इन्सुरेन्समा विक्रेता बढ्न सक्ने एक लगानीकर्ताले विदुर खबरलाई बताए ।
सम्बन्धित
प्रतिक्रिया