नुवाकोटमा बिहीबारदेखि जोर-बिजोर प्रणाली लागू

विदुर खबर २०७७ भदौ १६ गते २१:०१

नुवाकोट । नुवाकोटको सडकमा चल्ने सवारी साधनमा आज भाद्र १६ गते रातको १२ बजेदेखि जोर बिजोर प्रणाली लागू हुने भएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणाका लागि जिल्ला संकट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले बिहीबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि नुवाकोटमा जोर-बिजोर प्रणाली लागू गर्ने भएको छ ।

प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालका अनुसार जिल्लाका ८९ जनामा कोरोना सङ्क्रमण भएको र स्वाब लिईएका पाँचसय ८० जनाको नतिजा आउन बाँकी रहेका हुनाले जोखिम कम गर्नको लागि जिल्लामा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय भएको हो ।

यात्रुबाहक सार्वजनिक सवारी साधनहरु (बस, माइक्रो बस, जीप, ट्याक्सी) सञ्चालन गर्न रोक लगाएको छ भने निजी सवारीका साधनहरु जोर बिजोर प्रणाली अनुसार जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारी साधनहरु बिहान ६ बजेदेखि साँझ ८ बजे सम्म सञ्चालन हुने छ।

जोर बिजोर प्रणाली निषेधाज्ञा जारी भएको क्षेत्र बाहेक स्थानीय तहहरुमा लागु हुनेछ।

प्रतिक्रिया