बीरगन्जमा एक कोरोना संक्रमितको मृत्यु
विदुर खबर
२०७७ भदौ १६ गते ८:३२

वीरगञ्ज । कोरोना संक्रमणका कारण पर्सामा आज बिहान एक पुरुषको मृत्यु भएको छ।
वीरगञ्ज महानगरपालिका– २० का ५३ वर्षका पुरुषको मृत्यु भएको नारायणी अस्पतालले जानकारी दिएको छ । संक्रमित पुरुषको आज बिहान एक बजे उपचारको क्रममा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।
मृतकको गत साउन ३० गते स्वाब संकलन गरी परीक्षण गरिएकोमा ३१ गते कोरोना पुष्टि भएको थियो।
सम्बन्धित
प्रतिक्रिया